झापाको बिर्तामोड-५ मा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमीले २० औं वार्षिक खेलकूद कार्यक्रम विविध कार्यक्रम गरेर मनाएको छ ।
विद्यालयले शनिवार दौंड, ब्याडमिटन, चेस्स, टेवल टेनिस, म्याथम्याटिकल रेस, मार्वल, म्युजिकल चियर, थ्रेडनिडल, १०० र २०० मिटर रेस, स्कीपिङ रेस, बुक ब्यालेन्स कोक फाइटलगायतका खेल गरेर मनाएको हो ।
एकेडेमीका कार्यवहाक अध्यक्ष गोपी प्रसाईंको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड-५ का कार्यवहाक वडाध्यक्ष ओमभक्त सेडाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सेडाई, हिसान झापाका कार्यवहाक अध्यक्ष उत्तम खनाल, विद्यालयका डाईटेक्टर आशिष प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा अभिभावक संघ इकाई उपाध्यक्ष गौरी भण्डारी, हिसान झापाका कोषध्यक्ष रन्जित शाह, अभिभावक, शिक्षक, विद्यार्थी, विभिन्न संघरसंस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईले मन्तव्यबाट स्वागत गरेका थिए भने सहजीकरण एकाडेमी इन्चार्ज नोयल परेला र कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडलले गरेकी थिइन् ।







