मलेसियाको इपोहमा हुने विश्व युथ हक्की फाइभ एस क्याम्प तथा फेस्टिभलमा झापाका तीनजना सहभागी हुने भएका छन् ।
यही डिसेम्भर १७ तारिखदेखि २१ तारिखसम्म हुने फेस्टिभलमा कोशी प्रदेशको तर्फबाट दुईजना खेलाडी र एकजना अफिसियल सहभागी हुने झापा जिल्ला हक्की संघका सचिव विशाल अग्रवालले जानकारी दिए ।
फेस्टिभलमा खेलाडीहरु भद्रपुर-३ का सुदिप चौधरी र सविना राजवंशी तथा अफिसियलका रुपमा कचनकवल-३ का दिपक खतिवडा सहभागी हुँदैछन् ।
Advertisement







