• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएल: लुम्बिनी प्लेअफ होडबाट बाहिरियो, जनकपुरकाे अपराजित यात्रा टुङ्गियाे


  •    संवाददाता/ बुधबार, मङि्सर २६, २०८१  

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

    आज भएको खेलमा जनकपुर सुदूरपश्चिम रोयल्सँग ७२ रनले पराजित भएको हो ।

    Advertisement

    सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भएको थियो ।

    Advertisement

    जनकपुरका जोशुआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २-२ विकेट लिएका थिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

    सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन बनाए । जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिएका थिए ।

    यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

    त्यस्तै आज भएको दोश्रो खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले लुम्बिनी लायन्सलाई १८ रनले हराएको हो ।

    काठमाडौँले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाडौँका कप्तान करण केसीले ४ र दिपेश कँडेलले ३ विकेट लिएका थिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाडौँका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिएका थिए ।

    यो जीतसँगै काठमाडौँ ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । काठमाडौँ प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जोडेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.