• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जाडोमा रुघाखोकी निको पार्ने यस्ता छन् घरेलु उपाय


  •    डा. अमृत भण्डारी/ बुधबार, मङि्सर १९, २०८१  

  • जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।

    रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । रुघाखोकी निको पार्न केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जुन हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।

    Advertisement

    बेसार पानी पिउने

    Advertisement

    बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कुर्कुमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।

    प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने

    रुघाखोकीले सताएको बेला प्रशस्त मात्रामा मनतातो पानी, झोलिलो पदार्थ तथा प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुराले रोगप्रतिरोधात्मक क्षमता बढाएर रुघाखोकीलाई कम गर्न सहयोग गर्छ ।

    मह र मनतातो पानी

    रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुनसक्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ । महलाई मनतातो पानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

    अदुवा

    अदुवाले सुक्खा खोकी वा दमको खोकीलाई कम गर्न सक्छ, किनकि यसमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ । यसले दुखाइबाट पनि राहत प्रदान गर्न सक्छ । अदुवामा भएको एन्टी-इन्फ्लेमेटरी गुणले घाँटीलाई शान्त पार्न सक्छ, जसले गर्दा खोकी कम हुन्छ । तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ ।

    तुलसीको पात

    चिया वा तातोपानीमा चार, पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई-तीन पटक पिउँदा खोकीबाट छुट्कारा पाउन सकिन्छ । यसमा चिनी नमिसाई मह मिसाएर वा नुन मिलाएर खाँदा प्रभावकारी हुन्छ । साथै चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।

    ल्वाङ र दालचिनी

    ल्वाङ र दालचिनीलाई चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखोकी निको हुन्छ । यसमा स्वादका लागि अदुवा बेसार मिलाएर पनि खान सकिन्छ । यसले खोकी र घाँटी खसखस भएको निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।

    मरिच

    मरिचको धुलोलाई पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघा निको हुन्छ । कालो मरिचलाई घरेलु औषधिको रूपमा लिइने गरिन्छ । यसमा पिपरीन, आइरन, पोटासियम, म्याग्नेसियम, जिङ्क, क्रोमियम, भिटामिन सी, भिटामिन ए, भिटामिन डी, ऐसे एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्त्व पनि पाइन्छ ।

    बाफ लिने

    रुघा लागेर नाक टालिएको छ भने बाफ लिंदा फाइदाजनक हुन्छ । तर सामान्य रुघा लागेको छ नाक मात्र बगेको छ भने बाफ नलिंदा पनि हुन्छ । कफ जमेको र नाक टालिएको अवस्थामा मात्र बाफ लिनु राम्रो हुन्छ ।

    यी माथिका घरेलु उपाय अपनाउँदा पनि लामो समयसम्म रुघाखोकी लागिरहेमा या उच्च ज्वरो आएमा तथा ज्वरो निको नभएमा चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.