बिर्तामोड-७ स्थित कन्चन अंग्रेजी स्कुलले विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच गराएको छ ।
विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा ५२० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको विद्यालयका सञ्चालक डिल्लीराम चम्लागाँईले बताए ।
उनका अनुसार २४ जना विद्यार्थीलाई नि:शुल्क चस्मा वितरण समेत गरिएको छ भने २३ जना विद्यार्थीको आँखामा समस्या देखिएपछि मेची आँखा अस्पताल रिफर गरिएको छ ।
Advertisement
मेची आँखा अस्पतालका हेल्थ एजुकेशन अफिसर युवराज बोहोरा नेतृत्वको टोलीले आँखा जाँच गरेको थियो ।
उक्त शिविरमा विद्यालयका सञ्चालक तथा प्रिन्सिपल दीपक चम्लागाँई, सञ्चालकहरु बद्री बास्कोटा, डिल्लीराम चम्लागाँईलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।







