• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मानेभञ्ज्याङलाई हराउँदै रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई


  •    संवाददाता/ शनिबार, कार्तिक १०, २०८१  

  • आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ ।

    आज धुलाबारी माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । टाइब्रेकरमा रोलिङले माने भञ्ज्याङलाई ३-१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो ।

    Advertisement

    यसअघि खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरेका थिए भने मानेभञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    Advertisement

    फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किप्पर युवराज पुरी भए । उनले नगद पाँच हजार र ट्रफी पाएका छन् ।

    उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित मानेभञ्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

    त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्की भए । उनीहरुले नगद १५ हजार र ट्रफी पाएका छन् ।

    विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्का र सचितानन्द सुब्बाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.