• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकाको मोटोपन नियन्त्रण गर्ने यस्ता छन् उपाय


  •    डा.बाबुराम पाण्डे/ बिहिबार, कार्तिक ०८, २०८१  

  • बदलिंदो जीवनशैलीका कारण बालबालिकामा मोटोपनको समस्या तीव्र रुपमा बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण खानपान हो । हिजोआज बालबालिकाले जङ्क फुड र प्याकेट फुड धेरै खाने गरेका छन्, जसले मोटोपन बढ्न थालेको छ ।

    धेरैजसो बालबालिका मोबाइल, ट्याब जस्ता ग्याजेटमा समय बिताउँछन् । शारीरिक गतिविधिमा संलग्न हुँदैनन् । जसले गर्दा पनि उनीहरूको तौल अनियन्त्रित रूपमा बढ्दै जाने हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । यसबाट मधुमेह, उच्च रक्तचाप र मुटुरोग निम्त्याउन सक्छ ।

    Advertisement

    यस्तोमा आमाबाबुको सही निर्देशनले बालबालिकाको तौल नियन्त्रण गर्न र स्वस्थ राख्न मद्दत गर्न सक्छ ।

    Advertisement

    बच्चालाई स्वस्थ जीवनशैलीतर्फ डोर्‍याउन अभिभावकले अपनाउन सक्ने सरल उपाय:

    स्वस्थकर आहारको महत्त्व बुझाऔं

    अभिभावकले बालबालिकालाई सन्तुलित र पौष्टिक खाना खान प्रेरित गर्नुपर्छ । चिप्स, बिस्कुट, चकलेट र चाउचाउ जस्ता चिनी र नुनको मात्रा बढी भएका प्रशोधित खानेकुरा कम खान दिनुपर्छ । यस्ता खानेकुराको सट्टामा फलफूल, तरकारी, गेडागुडी, ड्राइफ्रुट र सम्पूर्ण अन्न खुवाउनुपर्छ ।

    बजारको खानेकुरा भन्दा घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाउनुपर्छ । घरमै पकाएको खाना खुवाउँदा बच्चाले राम्रो पोषण पाउँछन् र उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि राम्रो हुन्छ ।

    आउटडोर खेल खेल्न प्रोत्साहन गरौं

    बच्चालाई शारीरिक रूपमा सक्रिय बनाउनु पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले दैनिक कम्तीमा एक घण्टा खेलकुद वा बाहिरी गतिविधिमा संलग्न गराउनु उपयुक्त हुन्छ । साइक्लिङ, दौड, स्वीमिङ तथा अन्य रमाइला खेल खेल्न प्रोत्साहन गर्नुपर्छ । यस्ता खेलले बालबालिकालाई सक्रिय राख्न मद्दत गर्छ । साथै परिवारसँग हाइकिङ जाने, फुटबल खेल्ने पनि गर्न सकियो ।

    स्क्रिन समय सीमित गरौं

    टिभी, मोबाइल धेरै हेर्दा बच्चाहरू निष्क्रिय हुन्छन् र यसको असर तौलमा देखिन्छ । बच्चाहरूको स्क्रिन समय प्रतिदिन एकदेखि दुई घण्टामा सीमित गर्नुपर्छ । बच्चाको स्क्रिन टाइम सीमित गरियो भने उनीहरूले बाँकी समय अन्य काममा बिताउन पाउँछन् । स्क्रिन टाइम कम गरेर बाँकी टाइममा बच्चालाई बाहिर खेल्न पठाउने वा अभिभावक नै बालबालिकासँग खेल्न सक्छन् ।

    खाना खाने तरिका सुधारौं

    बालबालिकामा समयमै खाना खाने बानी बसाल्नुपर्छ । उनीहरूलाई खाना खुवाइदिने भन्दा पनि आफैं खान सिकाउनुपर्छ । परिवारसँगै राखेर खाना खाने बानीको विकास गर्नुपर्छ । परिवारसँगै खाना खाँदा बच्चाहरू खानामा केन्द्रित हुन्छन् । टिभी हेर्दै वा खेल्दै गर्दा खाने बानीले बच्चाहरूको तौल बढ्छ, त्यसैले खाना खाँदा ध्यान खानामा राख्नु महत्त्वपूर्ण हुन्छ ।

    अभिभावक आफैं रोल मोडल बनौं

    बच्चाहरूले आमाबाबुको व्यवहारबाट धेरै कुरा सिक्छन् । यदि अभिभावकले स्वस्थ खाना खान्छन् र शारीरिक रूपमा सक्रिय हुन्छन् भने बच्चाले पनि सोही कुरा अनुशरण गर्छन् । खाना पकाउने बेला बालबालिकालाई पनि संलग्न गराउने, बालबालिकासँग खेल्ने गर्ने गरियो भने बच्चालाई स्वस्थ बानी सिकाउन सजिलो हुन्छ ।

    पर्याप्त निद्रा

    बालबालिकामा अपर्याप्त निद्रा पनि तौल बढ्नुको कारण हुनसक्छ । यस्तो अवस्थामा बालबालिकालाई ७-८ घण्टा पर्याप्त सुत्न सल्लाह दिनुपर्छ । यसले बालबालिकाको तौल नियन्त्रण मात्रै गर्दैन, उनीहरूलाई ताजा र सक्रिय महसुस गराउँछ ।

    स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गरौं

    बच्चाको तौल नियन्त्रण गर्नमा मात्र केन्द्रित हुनु भन्दा पनि उनीहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन प्रोत्साहन गर्नुपर्छ । उनीहरूको खराब बानीलाई बिस्तारै सुधार गर्दै लैजानुपर्छ । बिस्तारै स्वस्थ खाने बानी र शारीरिक क्रियाकलापमा सक्रिय हुने बानी बसाउनुपर्छ । यसबाट उनीहरूको तौल स्वत: नियन्त्रण हुन्छ ।

    पर्याप्त पानी पिउनुको महत्त्व बुझाऊँ

    धेरैजसो बच्चा चिनीयुक्त पेय पदार्थ, जस्तै सोडा, जुस पिउन रुचाउँछन्, जसले तौल बढाउँछ । यस्ता पेय पदार्थको विकल्पमा बच्चालाई पानी पिउन प्रोत्साहन गर्नुपर्छ । स्वास्थ्य रहन शरीरमा पानीको सन्तुलन कायम राख्नु जरुरी हुन्छ । त्यसैले बच्चालाई रंगीन पानीका बोतलहरू दिएर पानी पिउन प्रेरित गर्न सकिन्छ ।

    विशेषज्ञको सल्लाह पनि महत्वपूर्ण

    मोटोपन हुनुमा थुप्रै कारण हुन्छन् । कतिपयमा वंशाणुगत कारणले मोटोपन भएको हुन्छ । बुवा-आमा मोटा छन् भने सन्तान पनि मोटो हुनसक्छन् । यसैगरी कतिपयमा हाइपोथारायडिजमको कारणले अचानक मोटोपन बढेको हुनसक्छ । यसैगरी हर्मोनको असन्तुलनले पनि मोटोपन बढ्न सक्छ । त्यसैले मोटोपन के कारणले भएको हो भनेर जान्नु जरुरी हुन्छ । सोही अनुसार सही विधि अपनाएर मोटोपन नियन्त्रण गर्न सकिन्छ । त्यसैले यदि बच्चाको तौल अत्यधिक छ भने बालरोग विशेषज्ञ तथा पोषणविद्सँग परामर्श लिनु उपयुक्त हुन्छ । उनीहरूले बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर सही मार्गदर्शन दिन सक्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.