श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो । शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो ।
कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७-२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो सेटमा नेपाल २५-२० ले पराजित भएको थियो ।
Advertisement
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए ।







