नजिकिदै गरेको चाडपर्वमा रगतको अभाव हुन नदिनका लागि झापाको मेचीनगर नगरपालिका वडा नं.१ मेचेडाँगीमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
१०८ युवा समूह मेचीनगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा बाहुनडाँगीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा तीन महिलासहित २९ जनाले रगत दान गरेका थिए ।
समूहका अध्यक्ष रोमनविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१ का वडा सदस्य चेतन हुमागाइ रहेका थिए ।
उक्त रक्तदान कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१ का पूर्वअध्यक्ष पासाङ तामाङ, मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य विशाल कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाहुनडाँगीका सभापति घनश्याम दाहाल, रेडक्रस सोसाइटी झापाका ब्लड बैंक इन्चार्ज शिशिर दाहाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बाहुनडाँगीका सचिव कमल तामङ्गले रगत दानको महत्त्वसहित कार्यक्रमको आचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सिमान्त घिमिरेले गरेका थिए ।







