बिर्तामोड स्थित इडन गार्डेन अंग्रेजी विद्यालयमा रहेको ब्राइट इडन गार्डेन बाल क्लबले अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
बाल क्लबका अध्यक्ष हर्षित दंगालको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल रहेका थिए ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकाले हरेक कुरामा नेतृत्व लिँदै अगाडि बढ्न जरुरी रहेको बताए । उनले बालमैत्री अभियान सञ्चालन गर्न र बालबालिका आफैँ नेतृत्वमा रहेर असल नागरिक बन्न सुझाव दिएका थिए ।
Advertisement
विद्यालयका प्रधानाध्यापक मोहन आचार्य, बाल क्लब फोकल पर्सन गिताराम आचार्य लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सुदिक्षा उप्रेती र अनमिका थापाले संयुक्त रुपमा गरेका थिए ।







