• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी


  •    संवाददाता/ बुधबार, भदौ २६, २०८१  

  • झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ ।

    अर्जुनधारा-९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको एक बिरामीले बताए ।

    Advertisement

    प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् ।

    Advertisement

    बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकमा कम्तिमा पनि ३० जनाको उपचार भइरहेको छ । यस्तै गाउँकै अन्य क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको बताइएको छ ।

    क्लिनकमा बेड अभाव भएर बार्दली, कम्पाउण्ड, बेञ्चलगायतका स्थानमा बिरामीको उपचार भइरहेको छ । बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको छ ।

    यसैबीच अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गरेका छन् ।

    आज साँझ बिरामी भएको खबर पाउनासाथ स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुखको टोली क्लिनिक र अस्पताल पुगेको थियो । गाउँमा रहेका बिरामीलाई नगरप्रमुख गोम्देनकै पहलमा उपचारका लागि अस्पताल ल्याइएको सचिवालयले जनाएको छ ।

    अस्पतालमा २५ वर्षीया लक्ष्मी दर्नाल, ६२ वर्षीय चन्द्रबहादुर दर्नाल, ६० वर्षीय तेज बाँस्कोटा, २९ वर्षीय नारायण बाँस्कोटा, ५२ वर्षीया हरिमाया भुजेल, १५ वर्षीय रिवज बाराकोटी, ४० वर्षीया तारा बारोकोटी र ६० वर्षीया हर्कमाया दर्नालको उपचार भइरहेको छ ।

    कति बिरामीले सामान्य उपचारपछि घरमै स्वास्थ्य लाभ लिइरहेका छन् भने अस्पतालमा बिरामी आउने क्रम जारी रहेको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.