एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हराएको हो ।
कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले एक गोल फर्काइन् । पहिलो चरणमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको थियो भने बाग्मती युथले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो ।
Advertisement







