• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ओमनको अस्पतालमा अलपत्र मेचीनगरकी बिना


  •    संवाददाता/ शनिबार, भदौ ०१, २०८१  

  • डेढ वर्षदेखि ओमनको अस्पतालमा अचेत रहेकी झापा मेचीनगरकी बिनादेवी कँवरलाई नेपाल ल्याइदिन उनका छोराले अपिल गरेका छन् ।

    परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विरामी अवस्थामा रहेकी आफ्नी आमालाई नेपालसम्म ल्याउनका लागि आर्थिक सहयोग गरिदिन छोरा सञ्जय कँवरले पत्रकारहरूमार्फत अपिल गरेका हुन् । प्रेस क्लब मेचीनगरको हलमा पत्रकारहरूसमक्ष बोल्दै सञ्जयले आर्थिक र समन्वयात्मक सहयोग गरेर आमालाई नेपालसम्म ल्याइदिन आग्रह गरेका थिए । बिनादेवीे मेचीनगर-१० स्थित कँवर बस्तीका चिनीलाल कँवरकी श्रीमती हुन् ।

    Advertisement

    बिनादेवीका श्रीमान् चिनीलाल धुलाबारीमा सामान्य ज्यालादारी काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर-७ स्थित राज टी इस्टेटमा मजदुरी गर्छन् । कान्छा छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कँवरको विवाह भइसकेको छ । ४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन गएकी थिइन् । २०७५ पुषतिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन् । भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुन: खाडी मुलुक ओमन उडेकी थिइन् ।

    Advertisement

    लोपोन्मुख आदिवासी समुदायकी बिनादेवी विदेश जानुअघि मेचीनगर-७ स्थित राज टी इस्टेटमा चियापत्ती टिप्ने श्रमिक थिइन् । उनका पति कारखानामा काम गर्थे । कोभिड महामारीअघि जागिरबाट अवकाश पाउनेबित्तिकै उनी विदेश हानिएकी थिइन् । कुवेतमा भनेजस्तो काम नभएको भन्दै उनी घर फर्केकी थिइन् ।

    पहिले कुवेत पठाउने दलालले नै बिनादेवीलाई ओमन उड्न पनि सहयोग गर्यो । घरेलु कामदारका रूपमा नेपाली महिलालाई खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएको छ । त्यसैले दलालले भारतीय बाटो प्रयोग गरेर नेपाली महिलालाई खाडी पुर्याउँछन् । बिनादेवी पनि पहिले कुवेत र पछि ओमन पनि भारतको बाटो हुँदै उडेकी थिइन् । तर ओमनमा उनी घर फर्किनै नसक्ने गरी थला परेकी छन् । उनी २०७९ माघ २३ देखि ओमनको एक अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् ।

    लडेको दिनदेखि आमाको अहिलेसम्म होस आएको छैन,’ सञ्जयले सुनाए, ‘आमा कुन अस्पतालमा कुन हालतमा हुनुहुन्छ, थाहा छैन ।’ उनले ओमनबाट आमालाई नेपाल ल्याउन पाए यतै हुने जति उपचार गर्ने बताए । बिनादेवीलाई घर ल्याउन १४ लाख बढी खर्च लाग्ने भएपछि सञ्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन् ।

    ‘दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएका छौँ । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु? ’सञ्जयले भने,‘जस्तोसुकै अवस्था भएपनि जन्म दिने मेरी आमाको हेरचाह आफै र आफ्नै देशमा गर्छु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध गरेको हुँ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.