झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं.३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगु संक्रमण भएर उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो ।
Advertisement
विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । यसैबीच स्वास्थ्य कार्यालय झापाले पौडेलको डेंगुबाटै मृत्यु भएको भनेर पुष्टि गरेको छ ।







