• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

थाइल्यान्ड जाने झापाका तेक्वान्दो खेलाडीलाई विदाई


  •    संवाददाता/ बुधबार, साउन २३, २०८१  

  • थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुन जाने झापाका खेलाडीहरुलाई विदाई गरिएको छ ।

    अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच खेलाडीहरुलाई विदाई गरिएको हो ।

    Advertisement

    अर्जुनधाराबाट सहभागी हुने चार जना खेलाडी र एक जना प्रशिक्षकलाई विदाई गरिएको हो । विदाई हुने खेलाडीहरुमा विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङ रहेका छन् भने प्रशिक्षकमा दिपेन्द्र दनुवार छन् ।

    Advertisement

    उनीहरुले च्याम्पियनसीपमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् । जसका लागि झापा जिल्लाबाट अर्जुनधाराका चार खेलाडी र एक प्रशिक्षक मात्रै सहभागी बन्दै छन् । नेपालबाट जम्मा ५१ जना खेलाडी बैंकक जानेछन् । बैंककको सुवर्णभूमि क्याम्पसमा अगस्ट १० देखि १२ तारिखसम्म प्रतियोगिता हुनेछ ।

    अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएको टोलीलाई नगर खेलकुद विकास समितिको तर्फबाट नगद २५ हजार प्रदान गरिएको थियो भने पाँचै जनालाई एक-एक थान ट्रयाकसुटसमेत वितरण गरिएको छ ।

    खेलाडी टोलीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष धिमाल, अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्ष खगेन्द्र इङनाम, समितिका सल्लाहकार बिरबहादुर राईले खादा अबिर लगाएर विदाई गरेका थिए ।

    त्यस्तै नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङ्देन, सदस्यहरु सुरेन राई, हेमलाल परियार, निशा तामाङ, तिलक योञ्जन, बिराज सुवेदीलगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.