युरोकप फुटबलमा समूह ‘एफ’ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २-० गोलले पराजित भएको छ ।
जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरेका थिए ।
त्यस्तै समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । टर्कीका लागि कप्तान हाकान चाल्हानोग्लु र चेन्क तोसुनले गोल गरेका थिए ।
Advertisement
चेक रिपब्लिकका कप्तान टोमस सुचेकले एक गोल मात्र फर्काउन सके । यो समूहमा पोर्चुगल र टर्की समान ६-६ अङ्कका साथ क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । पहिलो पटक युरोकपमा छनोट भएको जर्जिया पनि चार अङ्कका साथ अन्तिम १६ मा प्रवेश गरेको छ ।







