• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गर्मीमा घमौराबाट कसरी बच्ने?


  •     डा.विकास पौडेल/ सोमबार, जेठ ०७, २०८१  

  • गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको संक्रमण हो, जुन पसिना ग्रन्थीका प्वालहरु कुनै बन्द भएमा आउने गर्छ । अर्थात् छालामा पसिनाका कारण आउने स-साना बिमिरालाई घमौरा भनेर बुझिन्छ । यसलाई चिकित्सकीय भाषामा मिलिरिया भनिन्छ ।

    अत्याधिक पसिना आउँदा, छालामा धुलोमैलो जम्मा हुँदा, गर्मीमा बाक्लो लुगा लगाउँदा, प्रदूषित वातावरणको कारण प्वाल बन्द हुनसक्छ । छाला चिलाउने, छालामा रातो-रातो बिमिरा आउने, पोल्ने, शरीर गन्हाउने जस्ता लक्षण घमौरा आउँदा देखापर्छ ।

    Advertisement

    पसिना निस्कने प्वाल तीन तरिकाले बन्द हुन सक्छ । छालाको सबैभन्दा माथिको पसिना निस्कने प्वाल बन्द भएर आउँछ । यसलाई मिलिरिया क्रिस्टालिना भनिन्छ । जसमा स-साना पानीको थोपाजस्तो देखिन्छ र बिमिरा आउँछ । अधिकांशलाई आउने यही प्रकारको घमौरा हो ।

    Advertisement

    पसिना निस्कने ग्रन्थीको ट्युबको बीचको भागमा बन्द भएर आउने घमौरालाई मिलिरिया रुब्रा भनिन्छ । यसमा रातोरातो बिमिरा देखिने हुन्छ । त्यस्तै पसिना ग्रन्थीको सबैभन्दा तल्लो भित्रको भाग बन्द भएर आउने घमौरालाई मिलिरिया प्रोफन्डा भनिन्छ ।

    कसलाई बढी आउँछ घमौरा?

    घमौराको समस्या सबैलाई हुनसक्छ । तर यसको समस्या भर्खरै जन्मेका शिशु र ज्वरो आउने बेलामा धेरै हुन्छ ।

    किन हुन्छ?

    किनभने शिशुहरुमा पसिनाको प्वाल राम्रोसँग विकास भएको हुँदैन । त्यसैले शिशुको पसिना निस्कने प्वाल बन्द हुन्छ । जसकारण घमौराको समस्या हुन्छ । साथै ज्वरो आउँदा शरीरमा तापक्रम बढ्दा आउँछ । शिशु र ज्वरो आउँदा पानीको स-साना फोकाजस्तो देखिने मिलिरिया किस्टेरिया आउने गर्छ ।

    त्यस्तै क्षयरोग, मधुमेह, थाइराइड, नसासम्बन्धी समस्या, क्यान्सर, मानसिक रोगका बिरामीलाई पनि घमौराको समस्या हुन्छ । यी रोगका बिरामीमा पसिना धेरै आउने भएकाले प्वाल बन्द हुन पुग्छ ।

    कस्सिएको कपडा लगाउँदा, पसिना नसोस्ने कपडा लगाउँदा, लामो समयदेखि बेडरेस्टमा भएका व्यक्तिलाई, पसिना निकाल्ने औषधिको प्रयोग, मोटोपन भएमा हुन सक्छ । त्यस्तै महिनावारी सुक्ने बेलामा महिलालाई यसको समस्या हुन सक्छ । यसबेला इरिटेसन भएर शरीरको तापक्रम बढेर पसिना आउने गर्छ ।

    उपचार

    छाला चिलाउने भएमा औषधिको रुपमा यसमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ । यो एक ओभर द काउन्टर (ओटीसी) औषधि हो, जुन छाला हल्का चिलाउँदा प्रयोग गर्न सकिन्छ ।

    शरीरलाई चिसो बनाउन चिसो पाउडरको प्रयोग गर्न सकिन्छ । यसले घमौरा कम गर्दैन र यसबाट हुने चिडचिडापन, पोल्ने र चिलाउने समस्यालाई राहत दिने गर्छ । पोल्ने समस्या छ भने सेट्रिजन औषधि खान सकिन्छ ।

    घमौरामा कीटाणुको संक्रमण भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ । ज्वरो छ भने पारासिटामोल खान सकिन्छ तर नभए गर्नुपर्दैन किनभने यसले घमौरालाई कुनै किसिमको असर गर्दैन । तापक्रमलाई नियन्त्रण गर्न सकेमा यो आफैं निको हुन्छ, यसको ठ्याक्कै औषधि उपचार छैन ।

    बच्ने उपाय

    घमौरा आउन नदिने पहिलो उपाय भनेको गर्मीबाट जोगिनु हो । त्यसैले घमौराको समस्या भएमा घाममा कम बस्ने गर्नुपर्छ । शरीरको तापक्रमलाई नियन्त्रण गर्नका लागि धेरै गर्मी भएमा पंखा, एसी, कुलर वा चिसो भएको ठाउँमा बस्न सकिन्छ ।

    धेरै पसिना आउने क्रियाकलाप जस्तै खेल्ने, कुद्ने, दौडिने व्यायाम लगायत कम गर्नुपर्छ । कोठामा हावाको आवतजावत बढाउन झ्यालढोका खुल्ला राख्नुपर्छ । शरीरलाई शीतल बनाउने कपडा लगाउँदा सुतीको, कटनको र प्राकृतिक कपडाहरु लगाउनुपर्छ । शरीरलाई चिसो बनाउन नियमित रुपमा दिनकै नुहाउने गर्नुपर्छ ।

    शरीरलाई हाइड्रेट गर्न पानीको सेवन नियमित गर्नुपर्छ । बेटाजिन, डेटल, भ्यासलिन वा विभिन्न क्रम वा लेप बनाएर लगाउने गर्नु हुँदैन । यसले समस्या थप बढ्न सक्छ । यी कुरा गर्न सकेमा घमौरा एक-दुई दिनमा नै निको हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.