• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवा सुविधा रोक्का गर्ने निर्णय


  •    संवाददाता/ शनिबार, बैशाख २९, २०८१  

  • झापाको कमल गाउँपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई पालिकाले दिने सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ ।

    हात्तीपाइले रोगविरुद्धको औषधी खाएको प्रमाण देखाएपछि मात्र सेवा प्रदान गर्ने निर्णय गरेको हो । झापा हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला हो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको हो । औषधी सेवन गर्न नमान्ने र औषधी लिएर घरघर गएका स्वास्थ्यकर्मीहरूलाई हप्कादप्काइ गर्ने प्रवृत्ति बढेपछि गाउँपालिकाले अनिवार्य औषधी सेवन गर्न बाध्य बनाएको हो ।

    Advertisement

    हात्तीपाइले ९फाईलेरिया० रोगले मानिसलाई नराम्रो गरी शारीरिक रूपमा असक्त बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भए पछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने भएकाले सबैले सचेतना अपनाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    कमल गाउँपालिकामा यही वैशाख १६ देखि ३० गतेसम्म कमल गाउँपालिकाको सम्पूर्ण घरधुरीहरूमा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गराउन तालिम प्राप्त स्वास्थ्यकर्मीहरू घरदैलो अभियानमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।

    यस वर्ष हात्तीपाइलेविरुद्धको औषधी अन्तिम पटक सेवन गर्नुपर्ने भएकाले हात्तीपाइले रोगको पूर्णरुपमा निवारणका लागि स्वास्थ्यकर्मीहरूबाट अनिवार्य रूपमा औषधी सेवन गरी कार्ड लिन सबैलाई सचेत गराइएको शाक्यको भनाइ छ । कार्ड नभए सेवा नदिन सबै मातहतका कार्यालयहरूलाई परिपत्र गरिएको शाक्यले बताए ।

    गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका भित्रका कार्यालयबाट सेवा प्रदान गर्दा यसै सातादेखि अनिवार्य हात्तीपाइले विरुद्धको आम औषधी सेवन गरेको प्रमाणित कार्ड अनिवार्य गरिएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.