• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगी भेटिन थाले, भ्रामक हल्लाको पछि नलागी औषधी सेवन गर्न आग्रह


  •    संवाददाता/ सोमबार, बैशाख २४, २०८१  

  • झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन् ।

    हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका हुन् ।

    Advertisement

    गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरु भेटिएका थिए । यस वर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आकलन गरिएको छ । जिल्लाका २० प्रतिशत विरामीहरु मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरु लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए ।

    Advertisement

    हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका विरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बाह्रकोटीले जानकारी दिए ।

    कचनकवल गाउँपालिकाका ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ । जवकि त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ । त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका विरामी रहेको समीक्षा गरिएको छ ।

    त्यस्तै झापा गाउँपालिकामा ४ प्रतिशत हात्तीपाइलेको विरामी रहेको तथ्यांक छ । झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिव १५७२ जना हो । यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु रहेका छन् ।

    बिर्तामोडमा गत वर्ष एकजना हात्तीपाइलेको विरामी सार्वजनिक भएकोमा यस वर्ष खोज्दै जाँदा करिव १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताएका छन् ।

    बिहीबार भद्रपुरमा एकजना रोगी भेटिएका थिए । भद्रपुर-९ हडिया चिया बगानमा कार्यरत एकजनामा हात्तीपाइलेको लक्षण पाइएको नगर स्वास्थ्यकर्मी एल.वी.पन्तले जानकारी दिए ।

    त्यसैगरी कमल गाउँपालिकाभित्र औषधि खुवाउने क्रममा एकजना महिलामा हात्तीपाइलेको लक्षण देखिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । मेचीनगरमा पनि हात्तीपाइलेका लक्षण भएका विरामीहरु फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् ।

    जिल्लामा ठूलो संख्यामा हात्तीपाइलेको रोगी रहेकाले रोगलाई नियन्त्रण गर्न भ्रामक हल्लाको पछि नलागी ढुक्क भई आम औषधी सेवन गर्न सम्पूर्ण जिल्लावासीलाई वरिष्ठ जनस्वास्थ्य अधिकृत बाह्रकोटीले अनुरोध गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.