• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेडले जित्यो


  •    संवाददाता/ शनिबार, बैशाख २२, २०८१  

  • २२ बैसाख, बुधबारे । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधी कब्जा गरेको हो ।

    बिजेता बिर्तामोडले उपाधीसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपुर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधी हात पार्न बञ्चित रहयो ।

    Advertisement

     

    Advertisement

    खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेण्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेड मार्फत गोल गरेका थिए । खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष चापागाईले गोल गर्न सफल भए । त्यसै गरी इन्ज्युरी समयमा चापागाईले नै बिपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।

    पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङ २० यार्डबाट गरेको कढा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४५ औं मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डि बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् । ५४ औं मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्रि किकलाई सौरभ तामाङले पोष्टमा प्रहार गरेको भएपनि गोलरक्षक बाधक बनेका थिए ।

    खेलको प्लेयर अफ द म्याच बिजेता बिर्तामोड युनाइटेडका बिशाल दर्जी घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुुरस्कार पाए ।

    प्रतियोगिताका उदियमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईँ, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बुु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देबेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ भए । उनीहरुले जनही नगद ५ हजार रुपैंयाँ पुुरस्कार पाए ।

    प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । बैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिए ।

    एञ्जिला सहित खेलकर्मी सम्मानित

    प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ठ फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिला तुुम्बापोलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई नगद २५ हजार रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो । मेची महाकाली धावन यात्रा पुरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ बर्षमुनीको टिममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदक धारी चन्द्र पुलामी मगर, तेक्वान्डो तर्फ स्वर्ण पदक धारी रेष्मा भुजेल, स्वं. रेफ्री लोकराज ढुुङगाना मरोणोपरान्त, आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा पशिक्षक स्वं. विनोद गुरुङ लाई मरोणोपरान्त सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.