नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा पर्न सफल भएका छन् ।
टी-२० विश्वकपकमा नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् ।
Advertisement
नेपालको टोली:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।







