• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज बाटपौड्याल वंशोद्धारको आयोजनामा हुने बराह महापुराण, कलश यात्रा बिहान १० बजेदेखि


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • झापाको दमक ७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिको नवनिर्मित भवन परिसरमा आज (बुधबार)देखि शुरु हुने सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराणको सम्पूर्ण तयारी पूरा भएको छ ।
    महापुराण आयोजक मुल समितिले मंगलबार पुराण आयोजनास्थल पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो महापुराणको मूल उद्धेश्य बन्धु एकता, सामाजिक सेवा र राष्ट्रसेवा भएको जानकारी दिइयो ।
    पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका महापुराण आयोजक मुल समितिका संयोजक लोकनाथ पौड्यालले हरेक मानिसले आफनो र आफना पुर्खाको इतिहासबारे जान्ने बुझ्ने भए मात्रै आफू को हुँ ? भन्ने पहिचान गर्न सक्ने बताए ।
    सामाजिक सेवाका क्षेत्रमा पौडेल बन्धुहरु सम्बद्ध विभिन्न संघ संस्थाहरुले गरिरहेको योगदान बारे चर्चा गर्दै अध्यक्ष पौड्यालले पुराण आयोजना पौड्याल बन्धुहरुले गरेता पनि यो दमकको र राष्ट्रकै लागि दिर्घकालिन महत्व र उद्धेश्य राख्ने पुराण भएकाले यसलाई सकारात्मक रुपमा यहाँको समाजले ग्रहण गर्नेमा आयोजक समिति विश्वस्त रहेको उल्लेख गरे ।
    २०५१ सालमा पूर्वमा पौडेल बन्धुहरुको सामुहिक प्रयासबाट झापाको कोटीहोममा लगाइएको सामुहिक पुराणपछि पहिलो पटक अर्थात २९ बर्षपछि पौडेल बन्धुहरुले यो पुराण आयोजना गरेको हुँदा यसमा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महापुराणका प्रचार प्रसार संयोजक समेत रहेका पौड्याल वंशोद्धार झापा जिल्ला समिति अध्यक्ष कमल पौडेलले जानकारी दिए । उनका अनुसार यसपटकको पुराणका लागि प्रचार प्रसारका शिलसिलामा विभिन्न ठाउँमा पुग्दा पौडेल बन्धुहरु पुराणप्रति उत्साहित रहेको पाइएकाले ७ दिनको अवधिमा ७ हजार भन्दा बढी मानिसहरु पुराणमा सहभागी हुने विश्वास गरिएको बताए ।
    उनले आर्थिक संकलन मुल उद्धेश्य नभई नवनिििर्मत भवन परिसरमा जग्गादाता स्व. गंगाबहादुर पौड्यालको परिवारले १६ लाख ५० हजार रुपैयाँको लागतमा बनाएर पौड्याल वंशोद्धार समितिलाई हस्तान्तरण गरेको बराह मन्दिरको प्राण प्रतिष्ठा तथा अनावरण र ७० लाख रुपैयाँको लागतमा झण्डै २७ बर्ष लगाएर निर्माण गरिएको भवनको उदघाटनको अवसर समेत पारेर महापुराणको आयोजना गरिएको बताए । यो भवनको २०५३ सालमा तत्कालिन सभामु तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले शिलान्यास गरेका थिए ।
    पुष ४ गते सम्म दैनिक रुपमा हुने वराह महापुराण पाठ पारायण एवं धनधान्याञ्चल महायज्ञसहित यो भवनको उदघाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्ने कार्यक्रम रहेको छ ।
    महायज्ञ सम्पन्न गर्न पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका लोकनाथ पौड्यालको संयोजकत्वमा महापुराण आयोजक समितिको सहसंयोजकमा पौड्याल वंशोद्धार केन्द्रिय समितिका उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, सचिव युवराज पौडयाल, अर्थसचिव दुर्गा पौड्याल, सहसचिव बुद्धिमान पौड्याल, कोषाध्यक्ष शशि पौड्याल, वंशोद्धार समितिका केन्द्रिय नेतृत्वहरु मन्धरा पौडेल, रामकुमारी पौडेल,(कलश यात्रा संयोजक) प्रचार संयोजक कमल पौड्याल, पूजा व्यवस्थापन संयोजक पार्वता पौड्याल लगायत सम्पूर्ण पौडेल बन्धुहरुको सक्रिय सहभागितामा यो महायज्ञको तयारी भएको हो । महापुराण मूल आयोजक समितिले आवश्यक तयारी पुरा भएको जनाएको छ ।
    पौड्याल वंशोद्धार समिति र यसको भवन लगायत सम्पूर्ण संरचना बिकासका परिकल्पनाकार दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यहाँ निर्मित भवन पौडेल बन्धुहरुको मात्रै नभएर समग्र दमक नगरबासीकै साझा सम्पत्ती भएको बताए । उनले दाता परिवारबाट सार्वजनिक सम्पत्तीका रुपमा प्रदान गरिएको जग्गा, यहाँको मन्दिर र भवन निर्माण समेतमा गरेको योगदानको सम्मानका लागि पनि यो महायज्ञ आवश्यक भएको बताए ।
    महापुराणमा प्रमुख कथावाचकका रुपमा आचार्य पण्डीत शान्तिराम नेपाल रहनेछन भने उपवाचकद्धय अग्नीप्रसाद पौड्याल र लक्ष्मीप्रसाद पौड्याल रहेका छन ।
    महापुराणको पहिलो दिन बुधबार बिहान १० बजे भवन परिसरबाट कलश यात्रा शुरु हुनेछ । दमकको मुख्य भाग परिक्रमा गरी दिउँसो १ बजे भवन र महायज्ञको उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । दैनिक बिहान १० बजेदेखि साढे ३ बजे सम्म कथावाचन हुनुका साथै हरेक साँझ आरती, भजन किर्तन लगायतका रोचक कार्यक्रमहरु हुनेछन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.