• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बचतकर्ताको लाखौं रकम फिर्ता नगरीे दमकको नवरंग सहकारी बन्द


  •    संवाददाता/ सोमबार, मङि्सर २५, २०८०  

  • झापाको दमक ६ मा सञ्चालित नवरंग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रकम फिर्ता नगरी बन्द भएको छ ।

    सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनु पर्ने रकम फिर्ता नगरी एकाएक यसपालीको दशैं अघिदेखि नै कार्यालय बन्द गरेको हो । ‘संस्थाको कार्यालय बन्द छ, यहाँ आउने बचतकर्ता आएर माथिल्लो तलासम्म पुग्दै फर्किन्छन् , अफिसको फोन उठदैन, सर्वसाधारण बचतकर्ताहरुले संस्थाका कर्मचारी र सञ्चालकहरुसँग सम्पर्क गर्ने अरु कुनै माध्यम पनि छैन’ थाना रोडमा रहेको सो संस्थाको कार्यालय छेवैका एक जना व्यवसायीले भने । सो संस्थामा आफनो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटक पटक गएपनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बूले बताइन । बचतकर्ताहरुको रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरुमाथि सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीहरुले गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको बचतकर्ताहरुको भनाई छ ।

    Advertisement

    कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीका रजिष्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरु पटक पटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरु नै पत्ता नलागेको बताए । खत्रीले भने,‘पहिलाका सञ्चालकहरुले अर्कैलाई जिम्मा दिएको भनेका छन् तर, आधिकारिक रुपमा हाम्रो कार्यालयमा त्यो सहकारी दर्ता हुँदाका बखतको बाहेक कुनै कागजात र तथ्यांकहरु पठाएका छैनन् , योसँग सम्बन्धित मानिसहरु फरार छन् । घरधनी र संस्थाका संस्थापक सञ्चालक, कर्मचारीहरुसँग सम्पर्क गरेर त्यसको तथ्यांक जुटाउने काम भइरहेको छ ।’

    Advertisement

    उनले सो सहकारीबाट पीडितहरुले सोझै प्रहरी कार्यालय वा सहकारी रजिष्ट्रारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने बताए । ‘हामी उजुरीका आधारमा मुद्धा दर्ताका लागि सिफारिस गर्छौ’ खत्रीले भने । उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा के कति बचतकर्ताको रकम थियो ? भन्ने यकिन हुन नसकेकाले चाँडै कार्यालय खोलेर आवश्यक प्रकृया अघि बढाइने बताए । दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्र भन्दा बाहिर रहेको छ । ‘बेला बेला अनौपचारिक रुपमा नवरंगको बिषयमा कुरा आएको हो तर हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको बिषय हो’ चम्लागाइँले भने ।

    सो सहकारीमा सर्वसाधारणको के कति बचत रकम थियो ? भन्ने सम्म थाहा हुन सकेको छैन । यो सहकारी संस्था आर्थिक बर्ष २०६९–०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ । यसले इलाका प्रहरी कार्यालय दमकको सय मिटर दुरीमा रहेको एउटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

    यसअघि दमकको नारायणी बचत तथा ऋण सहकारी संस्था, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरिबी नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरुको करोडौं रुपैयाँ रकम हिनामिना भएको तथ्यहरु बाहिर आइसकेका छन । यीमध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरुले बताउँदै आएका छन् ।

    त्यसैगरी दमक ६ स्थित सब्जी बजार कृषि सहकारी संस्था पनि अघोषित रुपमा केही महिनादेखि बन्द अवस्थामा रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.