• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहरेडाँगीमा कथा सुन्ने र दान गर्नेको घुइँचो


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १९, २०८०  

  • झापा । झापाको मेचीनगर–१२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा ४ यता संचालित महापुराणमा कथा श्रवणका लागि धर्मावलम्बीको घुइँचो बढेको छ । सार्वजनिक मन्दिरको चौतर्फी बिकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्यञ्चल महापुराणमा धर्मावलम्बीको घुइँचो बढेको हो ।

    बिश्वप्रख्यात एबम् चर्चित भागवत कथा पारायण एबम् भागवत मन्जरी दासीलाई प्रत्यक्ष हेर्दै कथा श्रवण गर्नका लागि झापा र भारतको कालेम्बुङ, कर्सङलगायतबाट धर्मावलम्बीहरु पुराणस्थलमा आउने गरेको आयोजकको भनाई छ ।

    Advertisement

    आयोजकले ३ हजारबढी कथा श्रवण गर्नका लागि पण्डालस्थल निमाण गरेको छ । उक्त पण्डालस्थालमा १७ गतेदेखि खच्चाखच भरिएको आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

    Advertisement

    दैनिक ३र४ हजारको आगमन हुँदै आउने गरेका श्रदालुभक्तजन सोमबार र मंगलबार ६ हजारबढी आगमन भएको अध्यक्ष गिरीको भनाई छ । मंगलबार पुराणस्थलमा नआटेर बाहिरबाटै कथा श्रवण गरेको प्रत्येक दिन आर्थिक दानभेटी सहयोग गर्ने उत्कृष्टलाई प्रमुख अतिथिको रुपमा सम्मान एबम् अभिनन्दन गर्दै आएको सचीव प्रेमराज घिमिरेले जानकारी दिए ।

    आयोजकको अपेक्षा अनुसारको आर्थिक सहयोग संकलनकै क्रममा रहेको र सामाजिक एबम् धर्मावलम्बी ब्यक्तित्वले नगद र जिन्सी सहयोग गर्दै आएको तथा बचन दिएको घिमिरेको भनाई छ ।

    आयोजकले दिवाकालिन र सन्ध्याकालिन समयमा आगन्तुक धर्मावलम्बीले अतिथि सदन निर्माण गर्ने, धाम मन्दिरलाई घेराबारा र अक्षयकोषको स्थापनाका लागि सामान्य सहयोग, आजीवन सदस्य र सहयोग सम्मानको रुपमा आर्थिक राशी सहयोग पुर्याउँदै आएका छ्न् । पेशा र कार्यब्यस्तताले टाढा भएका स्थानीयले पनि मन्दिरको स्क्यान क्युआरमार्फत रकम सहयोग गर्दैआएको मन्दिरका अध्यक्ष इन्द्रमणी प्रसाईंले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.