नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आज शिवसताक्षी नगरपालिका वडा नं ८ को कार्यालयमा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा शिवसताक्षी नगरपालिकाका १३३ महिला र १२८ पुरुषले निशुल्क आँखा जाँच गराएका छन भने ११६ जनालाई चश्मा र २०४ जनालाई नि:शुल्क आँखाको औषधि वितरण गरिएको छ । कुल २६१ जनाले आँखा जाँच गराएकोमा १५ जनाको मोतियाबिन्दु देखिए पनि ४ जनामात्र आजै अप्रेसन गराउन प्राविधिक टोलीसंगै आँखा अस्पताल गएको कुरा रेडक्रस सभापति गोबिन्द काफ्लेले जनाए ।
आँखा परीक्षण संगै छोटो औपचारिक कार्यक्रमा शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यता रहेकाे थियाे भने नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सभापति गोबिन्द काफ्लेको अध्यक्षतामा रहेकाे थियो । कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष सन्तकुमार फेवादिन साथै वडाका वडासदस्यहरु ,नेपाल रेडक्रस साेसाईटी झापा शाखाका उपसभापति प्रकाशचन्द्र खरेल ,नेपाल शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की , समाजसेवी पर्शुराम ढुंगाना , मोहन मौनाली ,डिल्लीरमण खतिवडा ,लोचना लावती , पशुपति एकाडेमी झिलझिलेका प्रीन्सिपल चन्द्रप्रसाद खनाल ,वडाकार्यालयका सचिव पुष्प पाण्डे लगायत सबै कर्मचारीको उपस्थितिमा रहेकाे थियाे उक्त अवसरमा रेडक्रस महिला उपसमितिका सदस्य अस्मिता राई र पिङ्की बस्नेतले रेडक्रस गीत गाएका थिए । कार्यक्रममा लोचना लावती र चन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगर उपप्रमुख कार्कीले बेनर वाचन गर्दै आँखा शिविरको महत्व र आँखाको स्वास्थ प्रती सबै सचेत रहनु पर्ने बताइन । उनले यस्ताे महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा रेडक्रसलाई धन्यबाद ज्ञापन गरेकी हुन ।
शिवसताक्षी रेडक्रस र मेची आँखा अस्पतालकाे सहकार्यमा एक दिने आँखा शिविर सम्पन्न
शिवसताक्षी रेडक्रस र मेची आँखा अस्पतालकाे सहकार्यमा एक दिने आँखा शिविर सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया







