झापा । विर्तामोड नगरपालिका वडा नम्बर २ ले गाई भैसीमा कृत्रिम गर्भधारण कार्यक्रम संचालन गर्ने भएको छ ।
आर्थिक बर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगर्त पहिलोपटक वडामा पशु तथा कृषिमा विनियोजित भएको बजेटमा वडामा कृषकहरुले पालन गर्दै आएको गाई भैसीमा कृत्रिम गर्भधारण कार्यक्रम कृषक सँगको साझेदारीमा संचालन गरिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि,सभ्य र स्वस्थ नागरिक भन्ने मुल नाराका साथ सो कार्यक्रम संचालन गरिएको अध्यक्ष पौडेलले बताए ।
Advertisement







