• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमै सिक्दै कमाउँदै विद्यार्थी


  •    संवाददाता/ बिहिबार, असोज २५, २०८०  

  • हातमा किताब र कापी बोकेर महोत्तरीको बर्दिबास-३ स्थित जनता मावि गौरिडाँडामा पढ्न गएका विद्यार्थी धान थन्क्याउने चटारोमा छन् ।

    बाली विज्ञानको ३ वर्षे डिप्लोमा पढिरहेका विद्यार्थी प्रयोगात्मक सिकाई अन्तर्गत गत असारमा रोपेको धान अहिले थन्क्याउने र आम्दानी गर्ने समय भएकाले विद्यार्थी विद्यालयमा नभई खेतमा धान काटिरहेका विद्यालयका प्रधानाध्यापक दिपक बरालले बताए ।

    Advertisement

    जनता माविको करिब साढे तीन बिघा जग्गामा अहिले बाली र पशु विज्ञान पढ्ने विद्यार्थीले खेती र पशुपालन गरि सिक्दै कमाउँदै गरिरहेका बरालले जानकारी दिए । धान,गहुँ, मकैसँगै विद्यार्थीले तरकारीमा च्याउ,टमाटर,लौका,घिरौला जस्ता खेती गरिरहेका र उक्त खेतिबाट उत्पादन भएको खाद्यन्न तथा तरकारी बिक्री गरिरहेका बरालले बताए । सिक,गर र कमाउ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई विद्यालयले रहेको क्षण फोकल शिक्षकहरुको उपस्थितीमा प्रयोगात्मक शिक्षामा विशेष जोड दिइरहेको बरालले बताए ।

    प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञान अर्न्तगत जनता माविमा पढ्ने विद्यार्थीले अहिले ५ सय लोकल कुखुरा र २५ वटा बंगुर पालन गरिरहेका विद्यालयले जनाएको छ । ४० प्रतिशत नतिजा विद्यार्थीले प्रयोगात्मक विधिको ल्याउनुपर्ने भएकाले नतिजाका लागि मात्रै नभएर विद्यार्थीहरु वास्तविक प्रयोगात्मक सिकाईबाट दक्ष बन्दै गएका बाली विज्ञान विषयका फोकल शिक्षक प्रज्वल भट्टराईले बताए ।

    Advertisement

    सँगैसँगै पढाइ र काम गरेर आम्दानी समेत हुन थालेपछि निकै खुशी लागेको बाली विज्ञान दोश्रो वर्षमा अध्ययन गरिरहेकी विद्यार्थी शोशिला कुमारी मण्डलले बताइन् । यस वर्ष पनि आम्दानी हुने खुशीसँगै जीवनउपयोगी शिक्षाका लागि धान उत्पादनमा आफूले निकै मिहेनत गरेको उनले सुनाईन् ।

    प्रत्यक वर्ष विद्यार्थीहरुले प्रयोगात्मक सिकाइका लागि लगाएको बालीबाट आम्दानी गर्दै आएका विद्यालयले जनाएको छ । तरकारीबाट भएको आम्दनी, पशु पालनबाट भएको आम्दानी र अन्न उत्पादनबाट भएको आम्दानी विद्यार्थीले खुसीले यति कमाई भयो भनेर विद्यालयलाई सुनाउने गरेको प्रध्यानाध्यापक बरालले बताए । गतवर्ष ४० मन धान विद्यार्थीले उत्पादन गरेका थिए । यस वर्ष पनि विद्यार्थीको मिहेनतबाट उत्पादन भएको धान थ्रेसर लगाएर थन्क्याउँ विद्यालयले थ्रेसर बन्दोबस्त गरिरहेको बरालले बताए । विद्यालय र शिक्षकको योजना र शिक्षण विधिसँगै दक्ष विद्यार्थी बनाउने गतिविधिमा धान रोप्ने,गोढ्ने,काट्ने र थन्क्याउने कार्यमा विद्यार्थीले सक्रिय सहभागिता जनाएको प्रअ बरालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.