• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहकारीकाे इकाइगत साधारण सभा शुरु


  •    संवाददाता/ मङ्गलबार, असोज २३, २०८०  

  • झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ ।

    पाँच वटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण सभा शुरु भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली हुनुहुन्थ्यो ।

    Advertisement

    साधारण सभाको उद्घाटन पश्चात शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि पराजुलीले सहकारी संस्थाप्रति सदस्यले अपन्त्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै सहकारी संस्था समस्यामा रहेको बताउँदै उहाँले नगरपालिकामा समेत धेरै उजुरी आउने गरेको सुनाउनुभयो । शिक्षा सहकारीको प्रतिवेदन अध्ययनका क्रममा संस्थाको कोषको अवस्था राम्रो बताउनुभयो ।

    Advertisement

    कार्यक्रममा सदस्य सेवा केन्द्र शनिश्चरे अन्तरगत तीन जना सदस्यलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा आवधिक बचततर्फ भरत धिमाल, शिक्षातर्फ त्रिमेश दाहाल र उत्कृष्ट ऋणतर्फ लक्ष्मी तामाङलाई सम्मान गरियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिनु्भयो । शिक्षाले सदस्य केन्द्रित धेरै सुविधा र योजना ल्याएकाले लाभ लिन सदस्यलाई आग्रह गर्नुभयो ।

    त्यस्तै, संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कोष क्रमशः बृद्धि हुँदै गएको बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिनुभयो । गत आवमा संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा ऋण उपसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले आर्थिक वर्ष २०७९÷०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिनुभयो ।

    त्यस्तै, संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ । संस्थामा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी रहेका छन् ।

    मुख्य कार्यालय बिर्तामोडसहित शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

    संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज मिश्रले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य यामनाथ खरेल, लक्ष्मी देवान लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.