झापाका १५ पालिकाका प्रमुख र अध्यक्षहरू सङ्गठित हुने भएका छन ।
स्थानीय तहका प्रमुखहरू सङ्गठित हुनुपर्ने कारण र औचित्य माथि अन्तक्रिर्यामा उपस्थित पालिका प्रमुखहरुले आ आफ्ना धारणा राखेका थिए ।
कनकाई नगरपालिकाकाे आतिथ्यतामा बसेकाे आईतवारकाे बैठकमा कनकाईका प्रमुख राजेन्द्र पाेखरेलले मेयरहरूको अन्तराष्ट्रिय सम्मेलनले सङ्गठित हुन सिकाएको बताउदै कोरिया भ्रमणमा देखेको बुझेको कुरालाई झापा जिल्लाका सबै पालिकाहरूको सहभागितामा रचनात्मक कार्यहरू गर्न हातेमालाे गर्नुपर्ने कुरामा जाेड दिदै उनले संगठित हुन सके केन्द्र सरकार र प्रदेश सरकार सँग अनुदान माग गर्न सहज हुने सथै कमीकमजोरी सुधारका लागि एक आपसबाट सुझाव आदानप्रदान गर्न सकिने भएकाले पालिका प्रमुखहरू सङ्गठित हुनु जरुरी रहेकाे बैठकाे अध्यक्षता समेत गरेका पाेखरेलले बताए ।
त्यस्तै शिवसताक्षीका नगरपालिका मेयर मेघाहाङ थोप्रा (रोशन) ले छरिएका आवजलाई समेटेर सामूहिक आवाज बनाउन पर्नेमा जाेड दिए । शिक्षक, कर्मचारी आन्दोलनलाई समान सम्बोधनको खाका बनाउनु पर्ने उनले बताए । विभिन्न दलहरूबाट प्रतिनिधित्व गरेर निर्वाचित भएपनि पालिकामा आइपर्ने समस्या हरूलाई एउटै फोरमबाट सम्बोधन गर्नुपर्ने बताउदै उनले नगरपालिका महासंघ भएपनि दुर्गममा भए जस्तो लाग्ने भन्दै प्रमुखहरूको सञ्जाल बन्न आवश्यक रहेको बताए ।
पालिकाहरूलाई सुशासन युक्त पालिका बनाउने तर्फ सामूहिक प्रतिवद्धता हुन जरुरी रहेको दमक नगरपालिका प्रमुख रामकुमार थापाको धारणा रहेको छ ।
विदेश भ्रमणले नयाँ भिजन बनाउन सजिलो बनाएको भन्दै गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले झापाका प्रमुखहरूले गरेको काम अन्य जिल्लाका अध्यक्षहरूको लागि उदाहरणीय बन्न सक्नेमा आफू आशावादी रहेको बताईन ।
पालिकाले गरेका सफल अभ्यासहरूलाई एक आपसमा आदन-प्रदान गरे सिंगो झापा जिल्लालाई नयाँ ढङ्गको विकास मोडलमा लान सकिने भद्रपुरका प्रमुख गणेश पाेखरेलले रखेका थिए । उनले स्वास्थ्य, शिक्षा, खेलकुद, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा प्रमुखहरूको सञ्जाल सेतु बन्न सक्ने र साथै आफले झापालाई देशमै नमुना जिल्ला बनाउने दिवा सपना देखेको पोखरेलकाे धारणा थियाे ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले भने सञ्जाल गठन नेपालमा पहिलो प्रयास भएको र यस्ताे समन्वयकारी भूमिका आवश्यक रहेकाे बताए । उनले विगत ५ वर्ष अघि प्राय जनप्रतिनिधि प्रमुखहरू राजा जस्तै भएका थिए । यो सञ्जाल अगाडि नै गठन हुनुपर्ने धारणा लिङ्देनकाे थियाे ।
कचनकवल , कमल ,बुद्दशान्ती,बाह्रदशी गाँउपालिका र बिर्तामाेड ,अर्जुनधारा, गौरादह संगै मेचिनगर नगरपालिकाले आफ्ना प्रतिनिधि पठाएका थिए ।
आगामी बैठक कार्तिक २४ गते शुक्रबार दमक नगरको आतिथ्यमा हुने भएको छ।







