• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्टराई सर्वसम्मत


  •    संवाददाता/ शनिबार, असोज २०, २०८०  

  • सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जगननाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

    मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित संस्थाको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि संस्थाको उपाध्यक्ष रहेका थिए ।

    Advertisement

    साकोसका अध्यक्ष भुपेन्द्र न्यौपाने गत सालको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिका वडा नं.१० बाट वडाध्यक्षमा निर्वाचित भएकाले सहकारीको नियमलाई मध्यनजर गरेर उनले साकोसको अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

    Advertisement

    त्यस्तै साकोसको रिक्त रहेको उपाध्यक्ष र सदस्य पदमा क्रमश: टिकाराम रिजाल र गोकुल खत्री सर्वसम्मत चयन भएका छन् ।

    निर्वाचन सम्पन्न गर्न कोशी बचत संघका सदस्य वि.पी भट्टराईको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । जसको सदस्यमा विश्व थापा र लीला राजवंशी रहेका थिए ।

    संस्थाका अध्यक्ष भुपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल रहेका थिए ।

    उक्त अवसरमा साकोसका संस्थापक कार्यसमितिका पदाधिकारीदेखि बचतकर्ता सम्मलाई सम्मान गरिएको थियो ।

    यसरी सम्मानित हुनेहरुमा नरेन्द्रकुमार विष्ट, तिलकप्रसाद गिरी, यामनाथ बराल, प्रेम नेम्बाङ, रमेश भट्टराई, सविना खतिवडा, प्रेम भट्टराई, भोजबहादुर कार्की र गंगा भट्टराई रहेका छन् ।

    त्यस्तै साकोसमा कार्यरत कर्मचारी र पूर्व कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुने प्रतिज्ञा कोइराला, सविता भुर्तेल, रोश्नी कालिकोटे, चिन्ता घिमिरे, कविता पुरी र प्रतिमा राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो ।

    त्यस्तै विशिष्ट योगदान पुयाउने दुर्गा हनुमान मन्दिर, रितिका डेरी उद्योग, व्यप्तीस चर्च र माधव संस्कृत विद्याश्रमलाई सम्मेत सम्मान गरिएको थियो ।

    त्यसैगरी असल ऋणी भिमकुमार विष्ट, उत्कृष्ट बचतकर्ता कमला मिश्र पौडेल, उत्कृष्ट बाल बचतकर्ता अन्स निरौलालाई सम्मान गरिएको थियो ।

    उक्त अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले साकोसले २०८० असार मसान्तसम्म २० लाख ८१ हजार ४८३ रुपैँया खुद नाफा गरेको प्राप्त गरेको बताए ।

    उनका अनुसार संस्थामा २ हजार ७२९ पुरुष, २ हजार ४९ महिला र अन्य ५० गरी ४ हजार ८२८ शेयर सदस्य रहेका छन् ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि दंगाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका संयोजक सन्तोषप्रसाद सापकोटा लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

    साकोसका उपाध्यक्ष महेन्द्रदेवि पराजुलीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.