झापाको दमकमा आज बिहान ग्याङ फाइट भएकाेछ । प्रहरीका अनुसार दमकाे हाटखोला र इलाम स्थित चुलाचुलिका युवाहरु विच आज बिहान ग्याङ फाईट परेको हो । घटनमा चुलाचुलिका गाेविन्द लिम्बूको छुरा प्रहारबाट मृत्यु भएको छ ।
अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ ।घटना आज बिहान करिव ३ बजे मामा चोक आसपासमा भएको प्रहरीले जनाएको छ ।
घटनाकोबारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।
Advertisement







