• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नाटक घरकाे टाेली एक इटा अभियान सहित ईन्द्रेणीमा


  •    संवाददाता/ बिहिबार, साउन २५, २०८०  

  • झापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाति बहुभाषी बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ताहरु यतिबेला एक थान इटा माग्दै राजधानी पुगेका छन् ।

    आम नागरिक समाजसंग सडकमा एक थान इटादेखि १ धुरसम्मको भूमिदान सहयोग समर्पण कार्यबाट विगत ३ बर्षअघि सुरु गरिएको अभियान अहिले थोरै रकम अभावका कारण पूर्णता पाउन नसकेपछि सबैसंग सहयोगको अपेक्षा राख्दै आफूहरु राजधानी आइपुगेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष साथै झापा नाटक घरका परिकल्पनाकार अभियन्ता माधब कल्पितले जानकारी दिएका छन् ।

    Advertisement

    कोशी प्रदेशभित्र बसोबास गर्ने सबै जातजाति तथा भाषाभाषीको सामूहिक अपनत्व कायम हुने गरी निर्माण हुन लागेको बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यमध्ये पहिलो चरणमा २ करोड ५० लाखको नाट्य कला मन्दिर र सो सम्पन्नपश्चात् २५ अर्बको बहुजाति बहुभाषी बहुसाँस्कृतिक संग्रहालय निर्माण गर्ने ऐतिहासिक अभियान बोकेर हिडेको नाट्य प्रतिष्ठानले अहिले एक थान इटा अभियानबाट २ करोडको भवन निर्माण गरिसकेको तथा १ धुर भूमिदानबाट प्रतिष्ठानको नाममा हालसम्म १सय ४५ धुर जमिन जुटिसकेको अभियन्ता कल्पितले जानकारी दिए । ५० लाख रकम अभावका कारण नाटक घर निर्माण कार्यले पूर्णता पाउन नसकी अलपत्र परेको छ । ‘हामीले चाहेर पनि नाटक मञ्चन गर्न नसकेको अबस्थामा संघीय सरकारको समेत ध्यानाकर्षण होस् भन्ने उद्धेश्य बोकेर सिंगो कलाकारको टोली राजधानी आएको हो । नाटक घरले पूर्णता पाईसकेपछि २५ अर्बको सुविधासम्पन्न बहुजाति बहुभाषी बहुसाँस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्य रहेको नाट्य प्रतिष्ठानकी केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईले जानकारी दिइन्।

    Advertisement

    संघीय सरकार तथा सबै राजनीतिक दलका प्रमुखहरुसंग भेट गरी १ थान इटा माग्ने प्रस्तावनासहित टोली मंगलबार ईन्द्रेणी समाजसमक्ष पुग्यो । इन्द्रेणी समाजका प्रमुख कृष्ण कँडेलले कलाकारहरुलाई आफ्नो कार्यक्रममा सहभागी गराई स्वागत सम्मानका साथ नगद रु ४१ हजार प्रदान गरेका छन् भने निकट भबिष्यमा झापा नाटक घरमा पुगेर विशेष कार्यक्रमको आयोजना गर्दै १० लाखसम्म सहयोग प्रदान गर्ने घोषणा समेत गरेको प्रतिष्ठानकी नृत्य विभाग प्रमुख सबिता रेग्मीले जानकारी दिइन् ।

    यसैगरी कलाकारको टोलीले बुधबार प्राइम टेलिभिजनको कार्यालय पुगेर ऋषि धमलालाई भेट गर्दै १ थान इटा मागेको छ । त्यहाँ टेलिभिजनको तर्फबाट उल्लेख्य सहयोग गर्ने र एक कार्यक्रमकै आयोजना गर्ने वचन पाएको प्रतिष्ठानले जनाएको छ ।यसैगरी उपसभामुख इन्दिरा राना मगरले बिहीबार कलाकारहरुलाई मन्त्रालयमा नै निमन्त्रणा दिएकी छन् भने त्यसपछि एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाली काँग्रेस , प्रधानमन्त्री र महानगर प्रमुख बालेन्द्र शाहसमक्ष भेट गर्ने कार्यक्रम रहेको कल्पितले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.