• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मुसलधारे बर्षाकाविच देखिएकाे दुधे बजार समितिकाे जाँगर


  •    संवाददाता/ शनिबार, साउन २०, २०८०  

  • शनिबार बिहान मुसलधारे पानी परेको थियो। एक्कासि एक हुल भिज्दै बजारको दुधे-शिवगन्ज सडकमा निस्किएको दृश्य देखियो। के भएछ भनेर बजारबासीको मनमा खुल्दुली बढ्न थालेको थियो । तर त्यो हुल अरु केही नभएर दुधे बजार बिकास समिति बजारको गमला गोढ्न निस्किएको हुल थियो ।

    अघिल्लो दिन दुधे बजार बिकास समितिका अध्यक्ष सन्तोष कुमार थोप्राले आफ्नो फेसबुक आइडी मार्फत शनिबार बिहान गमला गोढमेल गर्ने जानकारी दिएका थिए । पानी परेको खण्डमा काम हुन नसक्ने पनि उनले लेखेका थिए । उनले भने जस्तै पानी परिरहेको थियो। काम नहुन सक्ने संकेत उनले देखाए बिहानको समयमा। तर उनको त्यो मनसायलाई युवा जोशले सकारात्मक देखाए । भेला भएको हुलले पानी परेपनि काम गर्ने भनेपछि अध्यक्ष थोप्रा अगाडि बढे र कोहिले कुटे बोके, कसैले आवश्यक औजार बोकेर उनको पछि पछि लागेर गमला तर्फ लम्किए।

    Advertisement

    दुधे बजारलाइ अध्यक्ष थोप्राको नेतृत्वमा कार्यसमिती बिस्तार गरेसगै धेरैको मनमा आशा पलाउन थाकेको थियो अब केही हुन्छ भनेर। सबैले सोचे अनुरुप नै थोप्राको नेतृत्वले बजारको दीर्घकालीन बिकासमा काम गर्न सुरु गरिसकेको छ। शनिबार पनि दुधे बजारको सडकमा राकिएको ५० गमला गोडमेल दुधे बजार बिकास समितिले गरेको छ। कार्यसमिती, स्वयंसेवक र स्थानीयको सहयोगमा भिज्दै पनि सरसफाइ र गमलामा मलजल गरेको हो ।

    Advertisement

    ‘युवा जोश भनेको यस्तो हुनुपर्छ, सकिदैन हुँदैन जस्तो शव्द दुधेका भाइहरुले कहिले गरेका छैनन् ।’,अध्यक्ष थोप्राले बताए । उनले भने,’ आफू अध्यक्ष भए पनि यस प्रकारको हौसला र साथ युवाबाट नै मिलेको छ। आज पनि पानीले काम गर्न सकिदैन होला भन्दा भन्दै भाइहरुले आट गरेपछि काम सफल भएको छ। यो सगै रातदिन नभनी समाजको रोग लागुऔषधको सेवनविरुद्ध लागि परेको देख्दा आफू खुशी छु। सबैले दुधेका भाइहरुबाट केही सिकेर आफ्नो आफ्नो ठाँउबाट नयाँ कार्यशैली थालनी गर्न सकिन्छ।

    शिवसताक्षी नगरपालिकाको वडा नम्बर ९ र ११ मा पर्ने दुधे बजार नगरको पुरानो बजार भएको र हामी सबै बजारको हितका लागि काम गर्न आएका हौं । हामीलाई केही कुराको लोभ नभएको र एक पैसाको पनि हिसाब बुझाउने दुधे बजार बिकास समितीका कोषाध्यक्ष मुना बिमलीले जानकारी दिएका छन् । स्थानीय सरकार नगरपालिका र वडाले मैनाली र बिमली परिवारले बजारलाई दिएको जग्गा बजारको मातहतमा ल्याउन सहयोग गर्नु पर्ने जनाएका छन् ।

    नयाँ नेतृत्व दुधे बजारले पाएको केही समय नपुग्दै दुधे बजारको मुहार फेरिदै गरेको बजारबासीको भनाइ रहेको छ। दुधे बजारका व्यवसायी अग्नि दुलालले भने, ‘युवा भनेको युवा नै हो। जस्तोसुकै काम पनि गर्न चाहे सकिन्छ भन्ने कुरा दुधे बजार बिकास समितीले देखाएको छ।

    स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरु पनि दुधे बजार बिकास समितीको कामप्रती सन्तुष्ट रहेको शिवसताक्षी वडा नम्बर ९ का अध्यक्ष डिल्ली लाल फेम्बोले बताए ।
    उनका अनुसार,’समिति गठन गर्दै गर्दा नै ११ जनाको टिम देख्दा सकारात्मक सोच र हुटहुटी भएको कारण काम गर्न सक्छ्न भन्ने लागेको थियो। त्यो देखिदैछ पनि। वडा नम्बर ९ मा पनि पर्ने र मुख्य यो बजारका लागि वडाबाट पनि सहयोग हुने उनले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.