बिर्तामोड । “द वर्ल्ड मेक अप एण्ड पार्लर ट्रेनिङ्ग सेन्टर”ले ३ महिने व्युटिसियन तालिम सम्पन्न गरेको छ ।
बिर्तामोड ४ स्थित ट्रेनिङ्ग सेन्टरले शुक्रवार एक औंपचारिक कार्यक्रमका बिच आज ४६ जना प्रशिक्षार्थीहरु लाई प्रमाणपत्र वितरण गरिएको छ । 
उक्त तालिमबाट सहभागीहरुले मेकअप , नेल आर्ट,व्युटिसियन र मेहन्दि सम्वन्धी तालिम लिएका हुन ।
संचालक वत्सल भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा विरता लेडि जेसिज अध्यक्ष संगिता गिरिको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा जेसिज महासचिव निशा शाक्य ,कार्यकारिणी उपाध्यक्ष मेनुका ओलि ,सदस्य बिन्दु बजगाईले प्रशिक्षार्थी लाई प्रमाणपत्र बितरण गरेका थिए । प्रशिक्षक शृजना नेपालले स्वागत गरेको कार्यक्रममा तालिम उपलब्धि मुलक भएको प्रशिक्षार्थीहरुले जनाएका थिए ।
Advertisement







