झापाको शिवसताक्षी नगरपालिका स्थित पुर्वपश्चिम राजमार्ग अन्तरगत भालुखाेला नजिक दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको मालबाहक ट्रक ले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार दुईजनाको मृत्यु भएको हो । ठक्कर पछि दुवै सवारीसाधन राजमार्गबाट तल खसेका थिए । मृत्यु हुनेमा मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको वि एण्सी सी अस्पताल स्राेतले जनाएकाे छ । मृतक दुईजना बाबु छोरी हुन् ।
दुर्घटनाबाट घाइते उनीहरुलाई उपचारका लागि विर्तामाेड स्थित वि एण्ड सी अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Advertisement







