• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिका वडा नम्बर २ ले सार्वजनिक गर्यो बार्षिक प्रगति विवरण


  •    संवाददाता/ मङ्गलबार, जेठ १६, २०८०  

  • झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ ले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोड–२ नम्बर वडाले सोमवार श्रीहरि सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी वडाले एक बर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक तथा बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा जानकारी दिएको हो ।
    कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलले वडा मार्फत एक बर्षको अवधिमा भएका विकासका कार्यक्रमहरु र आगामी गर्नुपर्ने कार्यका बिषयमा जानकारी दिएका थिए ।
    वडाध्यक्ष पौडेलले वडाको भौगोलिक, धार्मिक तथा पर्यटकीय, सामाजिक विकास, स्वास्थ्य क्षेत्र, सुशासन ब्यवस्थापन, औद्योगिक अवस्था, भौतिक निर्माण तथा पूर्वाधार, कृषि तथा पशुपन्छी क्षेत्रको अवस्था, शहरी विकास, वाताबरण तथा फोहोरमैला ब्यवस्थापन र राजश्व संकलनका बारेमा भएका विकास र गर्नुपर्ने बिकासका बारेमा जानकारी गराएका छन् ।
    वडाध्यक्ष पौडेलले प्रस्तुत गरेको २०७९ जेठदेखि २०८० बैशाख मसान्तसम्मको वडाको तथ्याङ्क अनुसार वडामा ४ वटा मावि तहका बिद्यालय र ५६ वटा उद्योगहरु सञ्चालनमा छन् । वडाका बाटाघाटाहरु मर्मत, सम्भार र सुधार भइरहेको बताउँदै वडाध्यक्ष पौडेलले चारपाने राजगढ सडक, रामचोक कुमालबाडी सडक बीरअम्बरसिंह माबिसम्म कालोपत्रे भएको बताए ।
    त्यस्तै बानालाल मार्ग त्रिशुलीचोक जाने सडकको डिपिआर गरी योजना पेश गरिएको, प्रभुलाल मार्गदेखि नयाँनगर हुँदै चारपाने शनिश्चरे सडकसम्म जोडिने गरी सडकको कालोपत्रे निर्माण अन्तिम चरणमा रहेको उनले बताए । त्यसैगरी अन्य वाटाहरु पनि निर्माणका चरणमा रहेको उनले जानकारी दिए ।
    कृषिलाई निर्वाहमुखी अवस्थाबाट क्रमश सुधार गर्दै आर्थिक उपाजनको स्रोतको रुपमा बिकास गर्न ब्यवसायिक कृषि प्रणालीतर्फ किसानहरुलाई तालिम र प्रशिक्षण दिने उदेश्यले बिभिन्न तालिम दिएको, कृषकलाई आवश्यक उपकरणलगायत सामाग्री बितरण गरिएको वडाध्यक्ष पौडेलले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
    वडाले विभिन्न शिर्षकमा २०७९ जेठदेखि २०८० बैशाख मसान्तसम्म ७२ लाख ३४ हजार २ सय ५४ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको वडाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
    बिर्तामोड–२ का वडाध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
    कार्यपालिका सदस्य तीला गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाका ३२ वटा टोल विकास समितिका प्रमुख तथा प्रतिनिधिलगायको उपस्थिति रहेको वडा सचिब हिमा पोख्रेलले जानकारी दिईन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.