१६ औं गणतन्त्र दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकाले झण्डोतोलन सहित एक संक्षिप्त कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, सुरक्षाकर्मी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरिएको थियो भने ईलाका प्रहरी कार्यालय सुरुङ्गाको सुरक्षा टोलीले सलामी अर्पण समेत गरेको थियो ।
लक्ष्मी अधिकारीको संचालन तथा वडा नं.८ का वडाअध्यक्ष लिलावहादुर कटुवालले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले निरङ्कुस तन्त्र भन्दा प्रजातन्त्र र गणतन्त्र जहिल्यै पनि उत्तम हुने कुरा विश्वले देखाएको उदाहरण भएको बताउनु भएको थियोे ।
। 
Advertisement







