• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुट्टाबारीकाे सरस्वती माविमा विद्यार्थीको संख्या घट्दै


  •    उमेश खतिवडा / शनिबार, जेठ ०६, २०८०  

  • बिर्तामोड, ६ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार र दक्ष शिक्षक भए पनि विद्यार्थीको संख्या घट्दै गएको छ ।
    सामुदायिक विद्यालयको शिक्षा र पूर्वाधार राम्रो हुन्न भन्ने सोचले स्थानीय अभिभावक आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाउँदा सरस्वती जस्ता सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको हो । यस विद्यालयमा सुविधासम्पन्न कक्षा कोठा छन् । दक्ष शिक्षकबाट अध्यापन कार्य हुँदै आएको छ । तर, अभिभावक र विद्यार्थीको आकर्षण अङ्ग्रेजी माध्यमका निजी विद्यालयमा भएकाले प्रत्येक वर्ष विद्यार्थीको संख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङ्वाले बताए ।

    कन्दङ्वाका अनुसार निम्न वर्गका अभिभावकहरुले मात्र आफ्ना बालबालिकाहरु सामुदायिक विद्यालय पठाउने तर उच्च र मध्यम वर्गका परिवारले भने सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाइदैन भन्ने मानसिकताले गर्दा सरकारी विद्यालयप्रती आकर्षण कम हुँदै गएको बताउँछन् ।

    अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्छन् भन्ने मानसिकता चिर्न चुनौती रहेको अध्यक्ष कन्दङ्वाले बताए । उनले भने, सामुदायिक विद्यालयको पढाइ राम्रो हुन्छ भन्ने बिस्तारै अभिभावकले बुझ्छन् ।

    विद्यालयका प्रधानाध्यापक दिपक लुइँटेलले विद्यालयमा विपन्न परिवार, पारिवारिक सँगसँगै आर्थिक समस्या तथा अरुको संरक्षणमा बस्ने विद्यार्थीको संख्या धेरै रहेको बताए । उनका अनुसार विद्यालयमा शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच सुमधुर सम्बन्ध रहेको छ ।

    उनका अनुसार राज्यले सामुदायिक विद्यालयलाई दिनुपर्ने आवश्यक कुराहरू चाहिँ पूरा नगरेको अवस्था रहेको छ । विद्यालयलाई कक्षा १२ सम्म पढाउने अनुमति दिने तर त्यो अनुसारको पूर्वाधार र दरबन्दी दिने कुरामा भने सरकार उदासिन भएका कारण जटिल समस्या आएको छ । एकातिर नि:शुल्क शिक्षाको नारा लागेका छन् विद्यार्थीबाट पैसा लिन पाइदैन, अर्कातर्फ विद्यालयमा आर्थिक समस्या हुने गरेको छ । आर्थिक समस्याका कारण हामीले चाहे जति प्रगति गर्न नसकेको उनले बताए ।

    Advertisement

    प्रधानाध्यापकले कस्तो भूमिका खेल्न त्यो नै अन्योलको विषय छ, प्रधानाध्यापक लुइँटेलले भने, प्रधानाध्यापकले विद्यालयमा दरबन्दी कम हुँदा पढाउन जानु पर्छ, यसले विद्यालय प्रशासन, व्यवस्थापन समितिसँग समन्वय, विद्यालयका अन्य कार्यमा बाधा पुग्छ ।

    Advertisement

    प्रधानाध्यापक लुइँटेलले बिर्तामोड नगरपालिकाले अन्य पालिकाले भन्दा बढी शैक्षिक क्षेत्रमा लगानी गरेको बताए । नगरपालिकाले विद्यालयको समस्या बुझेको छ । स्रोत व्यवस्थापन पालिकालाई पनि जटिल कुरा हो, न्यून स्रोत साधनबाट विद्यालयलाई विनियोजन गर्ने कुरामा विद्यालयको समस्यालाई प्राथमिकता मै राखेको पाइन्छ तर विद्यालयका समस्या धेरै भएकाले सबै समस्या हल गर्न नसकिएको उनले बताए ।

    विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मणिकुमार भट्टराईका अनुसार विद्यालयको शिक्षा गुणस्तरीय माध्यमबाट राम्रैसँग चलिरहेको बताए ।

    उनले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन दिवा खाजाको रकमलाई कुनै तलमाथि नगरी शिक्षकसँग समन्वय गरेर दिनैपिच्छे फरकफरक किसिमका परिकार खुवाइने गरिएको बताए । उनी भन्छन्, विद्यालयको शिक्षाबाट विद्यार्थी र अभिभावकहरुको त्यस्तो गुनासो पाइएको छैन । अभिभावकपनि यहाँको शिक्षाबाट सन्तुष्ट नै छन ।

    उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी करिना मगरका अनुसार यहाँको शिक्षा राम्रो र शिक्षकहरुले पनि राम्रोसँग पढाउने गरेको बताउँछिन ।

    विद्यालयाका अर्का विद्यार्थी रामकृष्ण ढकालका अनुसार विद्यालयको पढाउने शैली राम्रो हुनुका साथै शिक्षकहरुले गर्ने व्यवहार एकदमै राम्रो रहेको र यहाँको शिक्षाबाट आफू सन्तुष्ट रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.