झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९/०८० मा बालमैत्री घोषणाको तयारी गरेको हो।

चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।

वालमैत्री घोषणा गर्ने तयारी लागि वडा–वडामा विभिन्न सचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिएका छन ।
नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष , वडा वडामा सचेतना मुलक कार्यक्रम निरन्तर चलाईरहेको छ। त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।
जिल्ला बाल संजालकै नेतृत्व कनकाई नगर अध्यक्ष अभिषेक मिश्रले गरिरहेका छन् ।।
नगर बाल संजाल कै नेतृत्वमा वडा बाल संजाल सङ्ग समन्वय गरि बालबालिका सङ्ग वडा अध्यक्ष तथा वडा भित्रका विभिन्न बिधालयमा अनुगमन तथा बालमैत्री अन्तरक्रिया साथै बाल क्लब गठन गर्ने कार्य गरेको थियो भने रहेका बालक्लब हरु लाई नगरपालिका बाल कल्याण एकाइमा सुचिकृत समेत गराउने कार्य गरेको थियो भने आज शुक्रबार एकैदिनमा नगर बाल संजालकै नेतृत्वमा ३ वटा कार्यक्रम संचालन भएका छन वडा नम्बर ३ मा स्तरीय चेस प्रतियोगिता त्यस्तै वडा मा बालमैत्री अन्तरक्रिया तथा वडा ९ मा बाल अधिकार सम्बन्धि र्याली कार्यक्रम समापन गरेको छ । बोलिमा भन्दापनि साच्चिकै वास्तविकतामा काम गरेर देखाउन सक्नु नेतृत्वकर्ताको गुढ रहेको भन्दै बाल संजाल अध्यक्ष मिश्रले बाल संजालले बोली र घोषणा मा मात्र सिमित नरहेर साच्चिकै बानी ब्यवहारमा बालमैत्री बन्न र बनाउनका लागी काम गरिरहेको बताएका छन ।
कनकाई नगरद्धारा ‘बालमैत्री नगर घोषणा’ को तयारी तिब्र
कनकाई नगरद्धारा ‘बालमैत्री नगर घोषणा’ को तयारी तिब्र
Advertisement
तपाईको प्रतिक्रिया







