• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुविधा सम्पन्न होटल समृद्धि सुरुङ्गामा खुल्याे


  •    संवाददाता/ शुक्रबार, बैशाख २२, २०८०  

  • झापाको सुरुङ्गामा अत्याधुनिक सुविधा सम्पन्न होटल समृद्धि संचालनमा आएको छ ।

    बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई—३ स्थित सुरुङ्गामा संचालनमा आएको होटल समृद्धि एण्ड कफी हाउसको लोकप्रिय गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । गणपति स्टिल एण्ड आल्मुनियम हाउस संचालन गर्दै आएका स्थानीय एक सफल व्यवसायी गोपाल सिटौलाले व्यवसायीक प्रयोजनकालागी ४ करोड बढीको लागतमा निर्माण गरेको आफ्नै भवनबाट होटल व्यवसाय संचालनमा ल्याएको सन्चालक सिटौलाले जानकारी दिनुभयो ।
    आफ्नी छोरी समृद्धिको नामबाट संचालनमा ल्याएको होटल व्यवसायकालागी करिव एक करोडको थप लगानी भएको संचालक सिटौला भनाई छ । युवा व्यवसायी सिटौलाले संचालन गरेको व्यवसायबाट अन्य बेरोजगार जनशक्ति समेत स्वरोजगार बन्न सकेकोमा खुशी व्यक्त गर्दै चर्चीत गायक खरेलले उद्यमशिल बन्न सकेमा जीवनमा कहिल्यै पछुतो नहुने विश्वास व्यक्त गर्नुभयो ।

    पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको कनकाई नगरीमा आउँने पर्यटकहरुको खानपान साथै बसोबासकालागी उचित व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वासका साथ होटल संचालनमा ल्याइएको संचालक सिटौलाको दावी छ।
    आन्तरिक तथा वाहय पर्यटकहरुको थप आकर्षणका रुपमा होटल समृद्धि परिसरमा रहेको सेल्फी जोनसहितको गार्डेन साथै पानीको फोहोराले आगन्तुक पाहुनाहरुलाई थप मनोरञ्जन प्रदान गर्ने होटलका संचालक सिटौलाको भनाई छ।

    Advertisement

    अण्डर ग्राउण्डसहित ६ तले व्यवसायीक भवनमा सुविधा सम्पन्न एसी, स्विट रुम, डिलक्स सहित अन्य गरी एकै पटकमा ७० जना सम्मको खानपान र बसोबासको व्यवस्था मिलाउँन सकिने छ भने अण्डर ग्राउण्डमा रहेको पार्टी हलमा दुईसय बढी मानिसको क्षमता रहेको संचालक सिटौलाको भनाई छ।

    Advertisement

    कनकाईको राजधानीका रुपमा चिनिने सुरुङ्गामा यस किसिमको होटल व्यवसाय संचालनमा आएका कारण कनकाई नगरीको पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    होटलको एकातर्फ कफी पारखीहरुकालागी अग्र्यानिक कफीको व्यवस्था छ भने अर्को तर्फ विभिन्न ब्राण्डका पेय पदार्थसहित माछाका विभिन्न परिकारको स्वाद लिन पाइने संचालक सिटौलाको भनाई छ।

    माछाका परिकारहरुमा फिस कम्बोसेट, फिस पकौडा, प्राउण्ड फिस, होल फिस, चिल्ली ड्राई लगायत रहेको बताइएको छ ।बजार क्षेत्रको होहल्लाबाट केही अलग पारिवारीक वातावरणमा रहेको होटल समृद्धि सुरुङ्गास्थित हरिकुल नमुना माविको उत्तर तर्फ हाइवेसँगै रहेको छ । होटल उद्घाटनको अवसरमा तीनदिन सम्म विशेष छटको व्यवस्था रहेकोे संचालक सिटौलाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.