झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित निपत्रियामा एक महिलाको सव फेला परेको छ ।
सव स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको रहेकाे इलाका प्रहरी कार्यालय झिलझिलेले बताएकाे छ। हिजाे विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा सव फेला परेको हाे।
सवबाट गन्ध आएको र परालकाे माच छेउमा चप्पल देखेपछि स्थानीय ले प्रहरीलाई खबर गरेका थिए। प्रधान मंलबार देखि हराइरहेको वडाध्यक्ष मनोज खुलालले खुलालले बताए ।
Advertisement
सव कुहिन थालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इन्चार्ज युवराज कटुवालले जानकारी दिए । परालको उनले भने सवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको इन्चार्ज कटुलालले बताए ।
सवलाई पोष्टमाटमका लागि घोपा क्याम्प धरान पठाइएको छ।







