बुधबार । झापाकाे बुधबारे चाेकमा नेकपा एमालेका अध्यक्ष के.पि ओली र उपाध्यक्ष सुबस चन्द्र नेम्बाङ्गलाई प्रदर्शनकारीले कालाे झण्डा देखाइएको छ।
मिशन ग्रासरुट अन्तर्गत आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्न बुद्धशान्ति हुँदै ईलाम जादै गरेका ओलीलाई बुद्धशान्तिकाे कार्यक्रम पुग्नैलाग्दा बुधबारे चाेकमा प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले कालाे झण्डा देखाएकाे हाे ।
उक्त विराेधमा प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २ प्रहरी घाईले भएका छन । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राजवंशी रहेको प्रहरीले जनाएकाे छ। त्यस्तै प्रहरीले संघर्ष समितिका मित्र लिङ्देनलाई पक्राउ गरेकाे छ ।
प्रदर्शनकारीले के पि ओली मुर्दावाद , प्रदेश १ पुन नामाङ्कन गर ,काेशी प्रदेश खारेज गर लगायतका नारा लगाएका थिए ।
विराेधका बिच ओलीले बुद्धशान्ति र ईलाममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाइ सम्बाेधन गरेका छन।







