लोकसेवा अध्ययन गरीरहेका बिद्यार्थीका लागी लक्षित गरेर झापाको अर्जुनधारा नगरपालीकाले सञ्चालन गरेको लोकसेवा सम्बन्धि १०० दिने सहयोगी कक्षाको आज समापन गरीएको छ ।
आदिबासी जनजाती भवनमा आयोजीत तालीम समापन कार्यक्रमका सहभागी बक्ताहरुले परीश्रम सफलताको कडि भएकाले यसलाई निरन्तरता दिन बिद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
साथै कक्षाको दौरानमा सिकेका कुरालाई निरन्तरता दिएर लोकसेवाका आगामि परीक्षाहरुमा राम्रो गर्न सुझाव दिदै बिद्यार्थीहरुलाई उज्वल भबिष्यको शुभकामना समेत दिएका थिए ।
नगरपालीकाका उपमेयर खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गिता राई , सामाजीक शाखा प्रमुख राज बिक्रम खड्का कक्षा सञ्चालनको जीम्मा लिएको सिएससिआईका सञ्चालक राजु गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।
स्थानीय सरकारको लगानीमा सञ्चालीत कक्षा आफुहरुका लागी निकै उपयोगी भएको र निजामती कर्मचारी बन्ने लक्ष्यमा कोशेढुङगा बन्ने बताउँदै कक्षामा सहभागी सुजाता ढुंगानाले नगरपालिकालाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई लोक सेवा आयोग तयारी सम्बन्धी आवश्यक पुस्तक र नोट वितरण गरिएको थियो ।
सामाजिक विकास समितिकी सदस्य रमा निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेल अधिकारीले गर्नुभएको थियो ।







