कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना कर्मचारीलाई निकालेकाे छ । अघिल्लाे स्थानीय सरकारले मापदण्ड विपरीत नियुक्त गरेका अयाेग्य शिक्षक तथा शिक्षीकालाई करार अवधि नथपेर बर्खास्त गरेकाे हाे ।
गा.पा मा कार्यरत अनुदानका निजि शिक्षक शिक्षीका तथा बाल शिक्षक शिक्षीका , कम्पुटरका मा वि शिक्षकलाइ निष्काशन गर्ने गरि २०७९ पुस २२ काे बैठले निर्णय गरेकाे गा.पा अध्यक्ष कालेन्द्र प्रसाद शिंह राजवंशीले जनाएका छन ।
निवर्तमान गाउँ पालिका अध्यक्ष अन्जरा आलमकाे कार्यकालमा नियुक्त भएका शिक्षकले शिक्षणकालागी अनुमति नलिएका शिक्षक शिक्षीकालाई हटाइएकाे जनाएका छन । गत वर्ष मात्र पनि कचनकवलमा गा.पा ले ११ अयोग्य ११ कर्मचारी निष्कासन गरेकाे थियाे ।
Advertisement







