स्थानीय युवाकाे सक्रियतामा शिवसताक्षी नगरपालिका ११ र ९ महाभारा राेड स्थित बाइसबिघेमा बाईस बिघे चौक नाम लेखिएको बाेर्ड राखिएकाे छ ।
लामाे समयदेखि उक्त स्थानलाई बाइसबिघे भन्ने गरिएकाे थियाे । करिव २२ बिघा क्षेत्रफल भित्र रहेकाे उक्त स्थानलाई स्थानीय स्तरमा बाइसबिघे भन्ने गरिए पनि आगन्तुकलाई उक्त स्थानकाे नाम थाहा नभएकाे र आफ्नाे घर चिनाउन आफैलाई असहज भएकाे कारण आफुले व्याक्तिगत रुपमा उक्त व्यवस्थापन गरेकाे स्थानीय युवा समाजसेवी तारा सिटौलाले बताए ।
यस विषयमा कसैकाे ध्यान नगएकाे कारण आफुले व्याक्तिगत रुपमा उक्त बाेर्ड राखेपनी त्यसकाे संरक्षण गर्ने जिम्मा पुरै बाइस बिघे वासीकाे रहेकाे उनले अौल्याए । 
सिटौलाकाे कार्यमा एक्यवद्धता जनाउदै स्थानीय युवा रमेश नेपाल,सुमन श्रेष्ठ , मुक्तिनाथ मिश्र लगायतले यस्ता काममा स्थानीय युवाहरुकाे अग्रसरता आवस्यक रहेकाे बताए ।
शिवसताक्षीका सिटौलाले लगाए बाइसबिघे चौक लेखिएको बाेर्ड
शिवसताक्षीका सिटौलाले लगाए बाइसबिघे चौक लेखिएको बाेर्ड
Advertisement
तपाईको प्रतिक्रिया







