• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इलाममा इसिएफद्घारा स्वच्छ वायु अभियान सञ्चालन गरीने


  •    संवाददाता/ शुक्रबार, बैशाख ०१, २०८०  

  • इलाम । वातावरण संरक्षण मन्च नेपाल(ईसिएफ)को आयोजना तथा स्वच्छ ऊर्जा नेपालको सहकार्यमा इलाममा वायु प्रदूषण सम्बन्धी एक महिने सचेतना अभियान सन्चालन हुने भएको छ ।
    स्वच्छ इलाम अभियान अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया, प्रश्नावली सर्वेक्षण, विद्यालय सचेतना, समुदाय सचेतना, विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, युवाहरुबीच टिकटक प्रतियोगिता साथै परम्परागत तथा डिजिटल मिडियाबाट वायु प्रदूषण सम्बन्धी पैरवी गर्ने आदि कार्यक्रम सन्चालन गरिने इसिएफका अध्यक्ष तथा स्वच्छ अभियानका फोकल पर्सन हैकम घिसिङले जानकारी दिए ।

    स्वच्छ ऊर्जा नेपालको “सबैको लागि स्वच्छ र सफा वायु (SAFA) अभियान” अन्तर्गत देशका विभिन्न ८ शहरमा स्थानीय युवाको अगुवाईमा जनप्रतिनिधि, स्थानिय तथा सरोकारवालालाई वायु प्रदूषण सम्बन्धी सचेतना अभिवृद्धि गराउने, अध्ययन अनुसन्धानमार्फत् वायु प्रदूषणको अवस्था, यसको प्रभाव र त्यसको न्यूनिकरणका लागि पहल गर्ने उद्देश्य अनुरुप इलाममा उक्त कार्यक्रम सन्चालन गर्न लागिएको हो ।

    Advertisement

    नेपालमा अव्यवस्थित सहरीकरण, औद्योगिकरण, वन डढेलो, पुराना सवारी साधान निर्वाध सन्चालन, अव्यवस्थित फोहोरमैला, फोहोर तथा हानिकारक वस्तु खुल्ला रुपमा जलाउने जस्ता क्रियाकलापले वायूमा हानिकारक कणहरु मिसिन गई प्रदूषण बढ्दै गएको छ । बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। विशेषगरी बाल बालिका, वृद्ध, वृद्दा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई बढी प्रभावित पार्ने अध्ययनहरुले देखाएको छ ।

    Advertisement

    नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ।

    त्यसैगरी १०० माइक्रोग्रामसम्म मध्यम, १०० देखि १५० सम्म संवेदनशील समूहको लागि अस्वस्थ, १५० देखि २०० माइक्रोग्रामसम्म अस्वस्थ, २०० देखि ३०० माइक्रोग्रामसम्म धेरै अस्वस्थ र ३०० देखि ५०० माइक्रोग्रामसम्म भएमा खतरनाक अवस्था रहेको बुझिन्छ । इलामको चोक बजारमा रहेको अमेरिकन कर्नरमा जडान गरिएको लो कस्ट सेन्सरको तथ्यांङ्क अनुसार इलामको वायुमा औषत प्रति घनमिटर १४७ माइक्रोग्राम सूक्ष्म कणहरु पाइएको छ जुन संवेदनशील समूहका लागि अन्त्यन्तै जोखिम अवस्था हो ।

    नयाँ वर्षको अवसर पारेर यही वैशाख ४ गते इलाम नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने साथै अन्य निर्धारित कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै लैजाने अभियानका सदस्य सत्यम चौधरी जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.