• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महावाणिज्य दूतसँग चिया निर्यातमा देखिएका समस्याका बारेमा छलफल


  •    संवाददाता/ आइतबार, चैत २६, २०७९  

  • भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्याका बारेमा हिजो शनिवार छलफल गरेका छन् ।

    महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको समन्ववय र नेपाल चिया उत्पादक संघको व्यवस्थापनमा भन्सारकै सभाहलमा आयोजनजा गरिएको कार्यक्रममा नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको थियो ।

    Advertisement

    कार्यक्रममा चिया उत्पादक तथा व्यवसायीहरुले भारतले नेपाली चियालाई बेला–बेलामा विभिन्न बहानामा समस्या झिकेर दुःख दिने गरेको गुनासो राख्दै स्थायी समाधानका लागि पहल गर्न महावाणिज्य दूत पौडेलसँग आग्रह गरेका थिए । मुख्य रुपमा भारतले गुणस्तरको विषय उठाएर नेपाली चिया निर्यातमा समस्या सिर्जना गर्ने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले बताए ।

    Advertisement

    सीमा क्षेत्रमा गुणस्तर प्रयोगशाला नहुनू, परीक्ष्णका लागि चियाको नमूना कोलकाता नै पठाउनु पर्ने बाध्यता, त्यसको रिपोर्ट आउन ढिलाई, नयाँ–नयाँ बाहना झिकेर निर्यात रोक्ने प्रयास लगायतका कारण नेपाली चिया उद्योग क्षेत्र धरासायी हुने अवस्थामा रहेको व्यवसायीहरुको गुनासो थियो ।

    व्यवसायीहरुले भारतीय केही सञ्चार माध्यमहरुले पनि नेपाली चिया गुणस्तरहीन भएको भन्ने अप्रमाणित समाचारहरु प्रकाशन–प्रसारण गरेर विश्व बजारमा नेपाली चियाको बदनाम गर्न खोजेको व्यवसायीहरुको गुनासो थियो । नेपाली चिया निर्यात रोक्न भारतका सरोकारवाला केही सरकारी निकायहरु पनि लागेको व्यवसायीहरुको आरोप थियो ।

    नेपाल चिया उत्पादक संघको तर्फबाट कार्यपत्र नै प्रस्तुत गरिएको थियो भने इलामको तर्फबाट महावाणिज्य दूतलाई ज्ञापनपत्र नै बुझाइएको थियो ।

    चिया उत्पादक तथा व्यवसायीहरुको तर्फबाट संघका अध्यक्ष मित्तल, संघका उपाध्यक्ष एवम् नेपाल चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली, अग्र्यानिक अर्थोडक्स चियाका अभियन्ता अगुवा चिया उद्यमी उदय चापागाई, व्यवसायी किसन सरिया, इलाम फिक्कलका उत्तम श्रेष्ठलगायतले चिया निर्यातका समस्याका बारेमा धारणा राखेका थिए ।

    महावाणिज्य दूत पौडेलले नेपाली चिया निर्यातको समस्याका विषयमा दुबै देशका सरोकारवालाहरुसँग कुरा राख्ने र समस्याको दीर्घकालीन समाधान खोज्न आफूले भूमिका खेल्ने बताए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलगायतले चिया क्षेत्रको समस्या समाधानका लागि दुबै देशको सरकारबीच उच्चस्तरीय छलफल जरुरी रहेको धारणा राखेका थिए ।

    नेपालाबट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुन्छ त्यसमध्ये ठूलो हिस्सा भारत निकासी हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.