झापा,२४ चैत्र। बिर्तामाेड निवासी खडानन्द खतिवाडाले आफुले सरकारबाट प्राप्त गरेकाे सामाजिक सुरक्षा भत्ता जेहेन्दार विध्यार्थीका लागि खर्चिएका छन ।
झापाकाे बिर्तामाेड २ स्थित वीर अमरसिंह मा .वि काे परिक्षा फल प्रकाशित कार्यक्रमकाे अवसर पारेर ८२ वर्षीय खतिवडाले जेहेन्दार विद्यार्थीलाई बिद्यालय पाेशाक वितरण गरेका हुन । २० विद्यार्थीलाई पाेसाक वितरण गरेका खतिवडाले अघिल्लो वर्ष पनि १२ जना छात्र छात्रालाई बिद्यालय पाेशाक वितरण गरेका थिए ।
खतिवडाले ५ जना छात्रा र १५ जना छात्रलाई पाेशाक वितरण गरेका हुन । पाेशाक वितरण कार्यक्रममा बिर्तामोड वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पाैडेलकाे आतिथ्यता हरेकाे थियाे । गत साल झै यस पकट पनि सरकारले दिएकाे वृद्ध भत्तावाट विध्यार्थीलाई कपडा वितरण गरेकाेमा अध्यक्ष पौडेलले खतिवडा सहित सहजिकरण गरिदिने खेमराज रिजाललाई खदा ओडाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बाेल्दै पौडेलले विगत वर्षवाटै आफुले सरकारबाट प्राप्त हुने वृद्ध भत्तालाई समाज रुपान्तरणमा लगाउन भनेर यस उमेरमा पनि समाज रुपान्तरणमा सहभागीता जनाउ भन्ने उदेश्यले शिक्षा क्षेत्र तथा वीर अमरसिंह नै राेज्नु सवैभन्दा ठुलाे कुराे रहेकाे भन्दै खुसी व्यक्त गरेका थिए ।
साथै कार्यक्रमका विच शिक्षा सेवा आयाेगबाट प्राप्त शिक्षक द्वय भाेजराज निरौला र कमला थापालाई स्वागत समेत गरिएकाे थियाे । कार्यक्रम संञ्चालन प्रधानाध्यापक यदुनाथ अधिकारीले गरेका थिए ।
वृद्ध भत्ताको रकम बाट बालबालिका लाई पाेशाक
वृद्ध भत्ताको रकम बाट बालबालिका लाई पाेशाक
Advertisement
तपाईको प्रतिक्रिया







