• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गापुरमा आयोजित नौ दिवसीय श्रीमददेवीभागवत महापुराणको आयव्यय सार्वजनिक


  •    संवाददाता/ बुधबार, चैत २२, २०७९  

  • झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा आयोजित नौ दिवसीय श्रीमददेवीभागवत महापुराणको आयव्यय सार्वजनिक गरिएको छ ।

    श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको महायज्ञको आम्दानी खर्च आज पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

    Advertisement

    महायज्ञमा कुल आय २१ लाख ४९ हजार र व्यय तर्फ ७ लाख ६५ हजार ९२५ रहेको जसमा ९ लाख ३५ ८५० बैंक जम्मा गरिएको र १५ हजार २० रुपैयाँ समितिमा रहेको जसमा दाताहरूले प्रतिवद्धता गरेको प्राप्त हुन बाँकी ४ लाख ३२ हजार २७८ रुपैयाँ सहित रहेको महायज्ञ मूल आयोजक समिति आर्थिक संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए ।

    Advertisement

    आर्थिक हिसाबले दैनिक मन्दिर सञ्चालन गर्न कठिनाइ भोग्दै आएको मन्दिर समितिले अनुष्ठान आयोजना गरेर अक्षय कोष वृद्धि गर्ने उद्देश्य राखेर आयोजना गरिएको धार्मिक अनुष्ठानबाट संकलित रकमबाट अक्षय कोषको रकम १५ पुर्याइए छ । यस अघि अक्षय कोषमा ६ लाख ५५ हजार रहेको थियो । यस पटको अनुष्ठानमा अक्षयकोषमा ६ लाख थप गर्ने लक्ष्य रहेको थियो तर धार्मिक, सामाजिक व्यक्तित्व हरुको सदभाव र सहयोगका कारण ९ लाख रुपैयाँ वृद्धि गर्न सकिएको अनुष्ठान आयोजक मूल समिति संयोजक सरला दाहाल पोखरेलले बताइन् ।

    मन्दिर समितिले सामुदायिक भवन निर्माणको योजना पनि अघि सारेको छ । यस अघि मन्दिर सञ्चालनार्थ दक्षिण तर्फ व्यवसायिक भवन सटर बनाउन स्थानीय समाजसेवीहरू गणेशप्रसाद पोखरेल, कुमुदिनी पोखरेल र मोहन पोखरेलले उक एक वटा सटर निर्माण गरिदिने घोषणा भएको थियो । तर सडक क्षेत्रमा पर्ने हो की भनेर तत्काल समितिले निर्माण कार्य अघि बढाउन सकेको थिएन, हाल मन्दिरको उत्तर तर्फ सामुदायिक भवन निर्माण गर्ने योजना बने पछि हाल दिवंगत भइसकेका दाता गणेशप्रसाद का छोरा राजेन्द्रकुमार पोखरेल, कुमुदिनीका छोरा कुमारमणी पोखरेल र दाता मोहनप्रसाद पोखरेलले दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको मन्दिर समिति अध्यक्ष दुर्गाप्रसाद निरौलाले बताए । उनले भने ‘अब बनाइने सामुदायिक भवन दुई तलाको हुने र माथिल्लो तलामा ६ कोठा, भुइँतलामा हल निर्माण गरिने योजना रहेको उनले बताए । जसका लागि ८८ लाख रुपैयाँ लाग्ने र भवन निर्माण स्थानीय समाज सेवी कुमारमणी पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ ।’

    विक्रम सम्वत् २०२६ सालमा स्थापना भएको दुर्गा मन्दिर सो क्षेत्रको एक इतिहास बनेर रहेको छ । दुर्गा मन्दिर भएकै कारणले उक्त स्थानको नाम दुर्गापुर रहन गएको स्थानीय अग्रजहरूको भनाई रहेको छ ।

    दुर्गापुर बजार मुख्य राजमार्ग उत्तर रहेको मन्दिर २ कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा स्थानीय समाजसेवी पुष्प पोखरेलले दान दिएका हुन । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाई गणेश पोखरेल र कुमुदिनी पोखरेलले दान दिएका थिए ।

    पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन अनुष्ठानका सचिव राम निरौलाले गरेका थिए । आजै अनुष्ठान मुलसमिति विगठन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.