कनकाई , १९ चैत्र २०७९ गत शुक्रबार साझ आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुर्याएको किसानको घरखेतमा नगरप्रमुख पोख्रेल नेतृत्वको टोली पुगेसगै किसानमा आशाको किरण छाएको छ।
शनिबार वडा न ८,९ र आज आइतबार वडा न १, ७ र २ का प्रत्येक पीडित किसानका घर खेतमा नै पुगेर नगर प्रमुख पोख्रेल कृषि शाखाका प्रमुख यदु कुमार उप्रेती , कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट हरेक वडाका अध्यक्ष सहितका जनप्रतिनिधि टोल बिकास सस्थाका प्रतिनिधि लगायतको टोलिले पीडित किसानहरूको घर खेतीमा पुगेर विवरण संकलन गरिरदा हरेक किसानमा खुशीको आशा पलाएको देख्न सकिन्थ्यो ।सोही क्रममा नगर प्रमुख पोख्रेलले घर , किचन र ग्वालीको छानोमा पुगेको क्षतिको अवस्था हेरि अति प्रभावित र विपन्न किसानहरुका लागी तत्काल त्रिपाल उपलब्ध गराउने र अबको केहि दिनमा नै नगरको तर्फबाट किसान हरुका लागि धानको बीउ निशुल्क उपलब्ध गराउने मंगलबारदेखि नगरका सबै वडामा अमिनी सहितको टोलीबाट कृषिमा भएको क्षतिको विवरण संकलन गरि प्रदेश र संघीय सरकारलाई प्राकृतिक प्रकोपका कारण भएको क्षतिको जानकारी गराई जतिसक्दो पीडितका लागि राहातका लागि पहल गर्ने नगर प्रमुख पोख्रेलले प्रतिवध्ता जनाउनुभयो।
कनकाईको वडा नं. ८ ,९ , १ र ७ मा बढी क्षति भएको छ । त्यसैगरी वडा नं. ६,४ नम्बर वडामा गरि करिव १ सय ५० बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको मकैबालीका साथै तरकारी बालीमा पूर्ण क्षति पुगेको छ । त्यसैगरी २ सय भन्दा धेरै घर धुरीको टिनको छाना छिद्र हुने गरि असिनाले क्षति पुर्याएको छ । त्यसमा हावाहुरीले ५० भन्दा धेरै घरको छानो उडाएको र अतिविपन्न लक्षित वर्गको लागि सहयोग स्वरुप तत्कालका लागि त्रिपाल उपलब्ध गराउने र अरु क्षतिको विवरण केन्द्र सरकारमा जानकारी गराई सहयोगको लागि पहल गर्ने स्थलगत निरीक्षणका क्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
हावापानी र असिनाबाट वडा नम्बर ८ को सितल चोक, मनकामना टोल मिलन टोल, पारिजात टोल, घाग्रा टोल, त्रिवेणी टोल र रमाइलो टोलमा पनि धेरै क्षति भएको छ । कनकाई ९ को किष्टझार क्षेत्र, ७ नम्बर वडाको कालिमुडा, पाथिभरा टोल, लुकुनी खाडी त्यस्तै वडा न १ का १६ टोल मध्ये १२ बढी टोलका अधिकास घर किचन र ग्वालीमा विनासकारी प्रकोपले क्षती पुर्याएको छ ।
हावापानीका कारण कनकाई नगरका विभिन्न स्थानमा विद्युत आपूर्ति आज पनि बन्द नै छ । विद्युत सुचारु गर्नको लागि नेपाल विद्युत प्राधिकरणले मर्मतको काम जारी छ । लक्ष्मीपुर घैलाडुब्बा सडक खण्ड अन्तरगत खाडीबस्तीमा दर्जनौँ विद्युत खम्बाहरू सडकमै ढलेको देख्न सकिन्छ। त्यसैगरी घाग्रा टोलमा पनि दर्जनौं विद्युतका खम्बाहरू डढेका कारण विद्युत तारहरू यत्रतत्र छरिएको छ । अहिले यो समाचार तयार पार्दा सम्म सो क्षेत्रमा विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ । कनकाई ७ कालिनाग मार्गमा रहेको भैरव कृषि फर्मको ३ बिघा क्षेत्रफलमा फसल तयार भएको ३० हजार केप्सीकनको बिरुवामा पूर्ण क्षति भएको छ ।
धेरैजसो विपन्न वर्गको घरमा क्षति पुगेको छ । त्यस्तै वडा न १ का २ दर्जन जति पुराना जस्तापाताको छानो हरु कामै नदिने गरि प्वाल परेको वडा अध्यक्ष शुशिलकुमार पोख्रेलले जानकारी दिनुभयो । कतिपय घरको कैँची बटम र बाँसको बलोहरु समेत भाँचिएको छ । हावाले ४ मिटर दूरी सम्म छानाको टिनहरु उडाएको अवस्था छ । कनकाई नगरको मध्य क्षेत्रमा भएको क्षति कुनै सामान्य क्षति होइन, पूर्ण विवरण संकलन भइसकेको छैन, प्रारम्भिक अनुमान गर्दा ८ नं. वडाको दक्षिणी भूभाग, ९ नं. वडा पुरै, ६ नंं वडा आधा, ३ नं. सबै, ७ नं. र १ न मा रहेका विभिन्न कुखुरा फमका कुखुरा मरेकान चल्ला र वडा न १ मा शिवलाल आचार्यले पालेका १ सय ५० कुखुरा र ७ बोरा दाना नस्ट भएको वडा न १ का वडा सदस्यीय हरि राईले जानकारी दिनुभयो ।
उता वडा न ८ र ९ मा पीडित १ सय ९ परिवारलाई राहत स्वरुप रेडक्रश उप शाखा घैलाडुब्बा को समन्वय तथा झापा जिल्ला रेडक्रस शाखाको सहयोगमा वडा न ९ का ६० घर परिवार वडा न ८ का ४९ घर परिवारमा आ- आफ्नो वडामा नै त्रिपाल वितरण गरिएको वडा न ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवालले जानकारी दिनुभयो। अब अन्य वडाका प्रभावित परिवारलाई पनि भोलि र पर्सीभित्रमा त्रिपाल उपलब्ध गराउने नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
असिना पीडित किसानको घरखेतमा नगरप्रमुख पोख्रेल पुगेसंगै किसानमा छायो आशाको किरण
असिना पीडित किसानको घरखेतमा नगरप्रमुख पोख्रेल पुगेसंगै किसानमा छायो आशाको किरण
Advertisement
तपाईको प्रतिक्रिया







